४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

खजुरगाछी नाका पनि ठप्प, सीमामा अस्थायी प्रहरी पाेष्ट निर्माण गरिदैँँ



गाैरीगंज २०, वैशाख / आजदेखि निषेधाज्ञा लागू भएपछि गाैरीगंजकाे खजुरगाछी नाकामा झन कडाई भएकाे छ ।
भारतबाट आउने र जाने मानिसहरूकाे अनवतजावत प्राय : ठप्प छ भने भारत र नेपाल दुवै तर्फका सुरक्षाकर्मीहरूसहित नाकामा ढाट तेर्साईएकाे छ ।
भारतबाट नेपाल आउने नेपालीहरूका लागि नेपाल तर्फ स्वास्थ्यकर्मीसंगै हेल्थ डेस्ककाे व्यवस्थापन गरिएकाे छ । भारतीय सिमासंग जाेडिएकाे गाैरीगंज क्षेत्रमा सशस्त्र सिमा सुरक्षा वलकाे अस्थायी पाेष्ट निर्माण हुँदैछ ।

मुख्य नाका फत्तेेेेपुरसहित, देवीगंज, बाह्रसुदी, मल्हाटाेलीमा अस्थायी प्रहरी पाेस्ट निर्माण गरिने गाैरीगंजका सशस्त्र सिमा सुरक्षा वलका प्रहरी निरीक्षक महेश बिस्टले बताए । आवश्यकता बमाेजिम सीमामा प्रहरीकाे अस्थायी पाेष्ट निर्माण गरि सीमामा हुने आवतजावतलाई नियन्त्रण गर्ने प्रहरी निरीक्षक विष्टकाे भनाई थियाे । यता जारी भएकाे निषेधाज्ञा लागू गर्न ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीकाे नेतृत्वमा रहेकाे प्रहरी टाेलीले आज विहान देखि नै गाैरीगंज गाउँपालिका भरिका बजार क्षेत्रहरूमा अनुगमन गरेकाे थियाे । टाेलीले गाैरीगंज, खजुरगाछी, दामुना, गुवालडुब्बा, नयाँहाट कदमगाछी, फत्तेपुर लगायतका बजार तथा सीमा क्षेत्रमा अनुगमन गरेकाे हाे । 
कोरोनाको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिस अनुसार निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञा आइतबार रातिदेखि आगामी वैशाख २६ गते राति १२ बजे सम्म लागू हुनेछ ।
तर पनि खुल्ला सिमानाका कारण ‘चोर बाटो’बाट आवतजावत गर्ने र चाेरी तस्करी गर्ने भने सम्भावना उतिकै रहेकाे छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : ५० बजे