१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा पनि भाेलीदेखि विहान ६ बजेदेखि ११ बजेसम्म बजार र सागसब्जी पसल खुल्ला गर्ने निर्णय



गाैरीगंज १९, बैशाख / गाैरीगंज गाउँपालिकाकाे सिसिएमसिकाे आज बसेकाे बैठकले हप्ताकाे ५ दिन बजार खुल्ला राख्ने निर्णय गरेकाे छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा बसेकाे बैठकले शनिवार र बुधबार बाहेक हप्ताकाे ५ दिन बजार खुल्ला राख्ने निर्णय गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेकाे निषेधाज्ञा पुर्णरूपमा पालन गर्दै समितिले भाेली साेमबारदेखि विहान ६ बजेदेखि ११ बजेसम्म बजार खुल्ला राख्न पाउने निर्णय गरेकाे हाे ।
बजार खुल्ला संगै सागसब्जीका पसल पनि सामाजिक दुरी कायम राख्दै साेही समयमा बेचविखन गर्न पाउने निर्णय गरेकाे छ । काेभिड १९ काे दाेस्राे लहरकाे संक्रमण बढ्दै गइरहेकाे अवस्थामा गाउँपालिकाले अाम नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउदै अनिवार्य मास्क लगाउन अपिल गरेकाे छ । अत्यावश्यक अाैषधी र स्वास्थ्य संस्थाहरू भने २४ सैं घण्टा खाेल्न पाउने छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : ४२ बजे