४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाउँपालिकाकाे चरम लापरवाही: क्वारेन्टाइनकाे मुलगेटमै फाेहाेरकाे डुङ्गुर, संक्रमितका लागि एम्बुलेन्स पनि छैैन



आत्माराम राजवंशी 

गाैरीगंज २२, बैशाख/ काेराेना भाईरसकाे संक्रमण बढिरहेकाे अवस्थामा नागरिकलाई सुरक्षित राख्न प्रत्येक स्थानिय तहहरूले आवश्यक बजेटसहित पुर्व तयारी अवस्थामा रहनुपर्ने हाे, यतिवेला । काेराेना भाईरसकाे दाेस्राे लहरबाट दिनानुदिन संक्रमित बढ्दै गएकाे र काेराेनाबाट मृत्युवरण हुनेकाे संख्याकाे ग्राफ उकालाे लागेकाे अवस्था छ । यसकारणले काठमाडौं  उपत्यकाका तीन जिल्लासहित देशभरका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा लागू गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय झापाले पनि आज राती १२ बजेदेखि पुर्ण निषेधाज्ञा जारी गरिसकेकाे छ ।


तर झापाकाे दक्षिण पश्चिम गाउँपालिका गाैरीगंजमा काेराेना संक्रमित भेटिएपनि न त क्वारेन्टाइनकाे व्यवस्था गरिएकाे छ न त एम्बुलेन्स नै तयारी अवस्थामा छ । अक्सिजनसहितकाे आईसाेलेसन वेडकाे त परकाे कुरा हाे ।
गाैरीगंज खजुरगाछीकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे नयाँ भवनकाे मुल गेटमा फाेहाेरकाे डुङ्गुर छ । मुलगेट भित्र यत्रतत्र प्लास्टिकका भाडाकुडाहरू , सिमेन्टका बाेराहरू छरपस्ट छन् भने काेठाका वेडहरू फाेहाेरै फाेहाेर छन् । क्वारेन्टाइन भनिएकाे उत्त भवनमा विजुली वत्ती पनि जडान गरिएकाे छैन । भवनकाे ट्वाइलेट – बाथरूममा त पसिनसक्नु छ । अस्पतालकाे मुल गेटमा ताल्चा लगाईएकाे छ भने बाहिरी परिसरमा पनि फाेहाेर छ ।

गाैरीगंज गाउँपालिकाकाे विपद् व्यवस्थापन काेषमा २२ लाख रूपैयाँ रहेकाे बुझिएकाे छ । तर हालसम्म क्वारेन्टाइन , आईसाेलेसन र एम्बुलेन्सकाे पुर्व तयारी नहुदाँ गाउँपालिकाले चरम लापरवाही गरेकाे स्थानियहरू बताउँछन् ।

गाैरीगंज गाउँपालिकाकाे भारतीय सिमासंग करिब ३० किलाेमिटर खुल्ला क्षेत्र जाेडिएकाे छ । ठाउँ- ठाउँमा प्रहरीकाे अस्थायी पाेष्ट निर्माण गरिएपनि सीमामा आवतजावत हुनसक्ने प्रवल सम्भावना छ । त्यैसैले पनि गाैरीगंज गाउँपालिका काेराेना महामारीकाे उच्च जाेखिममा रहेकाे छ । याे समाचार तयार पार्दासम्म गाैरीगंजमा३१ जना काेराेना संक्रमित पुष्टि भईसकेकाे छ । उनीहरू सवै हाेम अाईसाेलेसनमा बसेर उपचार गरिरहेका छन् ।
गाैरीगंज गाउँपालिकाकाे सीसीएमीसीकाे वैशाख १९ गते बसेकाे बैठकले क्वारेन्टाइनलगायत एम्बुलेन्सकाे व्यवस्थापन गर्ने भनी निर्णय गरेकाे थियाे । तर अहिलेसम्म एम्बुलेन्सकाे अताेपत्ताे छैन ।


गाैरीगंज गाउँपालिकाले सञ्चालन गर्ने भनिएकाे उद्योग वाणिज्य संघ गाैरीगंजकाे एम्बुलेन्स मर्मतका लागि दमकस्थित ग्यारेजमा पठाईएकाे छ । उत्त एम्बुलेन्स तयार हुन अझ ३/ ४ दिन लाग्ने बताईएकाे छ। गाैरीगंज गाउँपालिका वार्ड नं. १ स्थित साना किसान कृषि सहकारी संस्थाकाे एम्बुलेन्स पनि विग्रिएर थन्किएको छ भने काेराेना संक्रमितका लागि लाल बहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित एम्बुलेन्स र स्थानिय राजु भुजेलले भाडामा सञ्चालन गरिरहेकाे दमक अस्पतालकाे एम्बुलेन्स पनि पुर्व तयारी छैन। काेही कसैलाई काेराेना संक्रमण भएकाे पुष्टि भईहाले भने विरामीलाई अस्पतालसम्म लान गाैरीगंजमा एम्बुलेन्स पाईने अवस्था छैन ।

क्वारेन्टाइनकाे भवनमा फाेहाेरकाे डुङ्गुर छ नि ? तयारी अवस्थामा रहेकाे भनिए पनि त्याे व्यवहारिकरूपमा देखिएन नि ? किन यस्ताे लापरवाही ? भन्ने जिज्ञासामा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले भने – ‘ क्वारेन्टाइन तयारी अवस्थामा नै राखेका छाै । सरसफाई गराईराखेकाे अवस्था छ । विजुलीकाे जडान पनि भाेली सम्म भईहाल्छ । सम्पुर्ण तयारी २/३ दिनमा पूरा हुन्छ ।’
‘ भारतीय सिमासंग जाेडिएकाे गाउँपालिका भएकाे र संक्रमितकाे संख्या दिनानुदिन बढ्दै गईरहेकाे अवस्थामा गाउँपालिकाका चुप लागेर बसेकाे छैन । त्यसका लागि आवश्यक तयारी भईरहेकाे उनले बताए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले क्वारेन्टाइन , आईसाेलेसन वेड , अक्सिजन र अन्य आवश्यक औषधिहरूकाे व्यवस्थापनमा लागिरहेकाे बताए । क्वारेन्टाइन भवनमा विजुली पानी, वेड व्यवस्थापन र सरसफाईकाे काम भईरहेकाे उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : ११ बजे