३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंज-१ मा २० गतेसम्मका लागि लकडाउन, संक्रमित दिनानुदिन बढ्दै


१३ बैशाख २०७८, सोमबार  

0
Shares

गाैरीगंज १३, वैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा सामुदायिक स्तरमा काेराेना संक्रमण फैलिएकाे भन्दै वार्ड कार्यालयले लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरेकाे छ ।
वडा अध्यक्ष कार्तिकलाल राजवंशीकाे अध्यक्षतामा आज विहान वसेकाे वैठकले वैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेकाे हाे । वार्ड नं. १ मा ७ जनामा काेराेना संक्रमण पुष्टि भएपछि वार्ड कार्यलयले आपत्तकालिन बैठक बाेलाएकाे थियाे । उत्त अवधिसम्म अत्यावश्यक खाद्यान्न र औषधि दिउसाे ३ बजेदेखि ६ बजेसम्म किन्न्न पाउने र स्थानिय बजारहरू पुर्णरूपमा बन्द गर्ने निर्णय भएकाे वार्ड अध्यक्ष राजवंशीले जानकारी गराएछन् ।अन्तर्राष्ट्रिय सिमानासंग जाेडिएकाे वार्ड भएकाले सीमामा अावतजावत पुर्णरूपमा राेक लगाएकाे छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ३४ बजे