१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश नं. १ का ६ शहरका विद्यालय बन्द हुने सरकारकाेे निर्णय


६ बैशाख २०७८, सोमबार  

0
Shares

गाैरीगंज ६, बैशाख / फैलिईदै गएकाे दाेस्राे चरणकाे काेराेना भाईरसकाे प्रकाेपका कारण प्रदेश १ का ६ शहरका विद्यालयहरु बन्द हुने भएका छन् ।

सरकारले प्रदेश १ का बिराटनगर, इटहरी, धरान, मेचीनगर, बिर्तामोड र दमकका विद्यालय तथा क्याम्पसहरु विदा गर्ने निर्णय गरेको हो ।
याेसंगै सरकारले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द भएका छन् । भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
सरकारले तोकेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुबाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाहरुको पठनपाठन भने सुचारु हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १ : ४६ बजे