४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

धेरै जनाकाे साथ र सहयाेग बावजुुद कलाकार तथा माेडल आँशु राजवंशी बचेनन्


१५ चैत्र २०७७, आइतबार  

0
Shares

गाैरीगंज १५, चैत / धेरै जनाको साथ र सहयोगका बावजुद मोडेल तथा कलाकार आँशु(आशिका) राजवंशीलाई बचाउन सकिएन ।

मोरंग बेलबारी – ९ डाँगीहाटकी मोडेल तथा कलाकार आँशुको शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा अल्पायुमै निधन भएको हो । उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
बिगत पाँच महिनादेखि उनी पेट र फोक्सोसम्बन्धी समस्याका कारण थलिएकी थिइन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी उनको त्यहाँ उपचार संभब नभएपछि काठमाडौं रेफर गरिएको थियो । उनकाे जीवन बचाउन धेरै संघ संस्थालगायत व्यक्तिहरूले सहयाेग गरेकाे थियाे ।

 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : ४५ बजे