१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेविसंघ ईकाई कमिटी गाैरीगंज क्याम्पसद्वारा सञ्चालित दुईदिने उद्वघाेषण तालिम सम्पन्न


१५ चैत्र २०७७, आइतबार  

0
Shares

 

गाैरीगंज १५, चैत / नेपाल विद्यार्थी संघ ईकाई कमिटि गाैरीगंज क्याम्पसद्वारा आयाेजित दुई दिने आधारभुत उद्वघाेषण तालिम शनिवार सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रममा विभिन्न सामुदायिक विद्यार्थीकाे सहभागिता थियाे । दुई दर्जनबढी विद्यार्थी सहभागिता रहेकाे तालिममा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे आर्थिक सहयाेग रहेकाे थियाे । तालिमकाे सहजिकरण हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी र गाैरीगंज दर्पणका सम्पादक मदन राजवंशीले गरेका थिए ।
प्रशिक्षणपछि प्रशिक्षार्थीमध्ये उत्कृष्ट ठहरिएका मनिष साहले तालिम समापन कार्यक्रम सञ्चालन गरेका थिए ।
नेपाल विद्यार्थी संघ ईकाई कमिटि गाैरीगंज क्याम्पसका सभापति कृष्णदास बाबाजीकाे सभापतित्वमा भएकाे कार्यक्रममा गौरीगंज क्याम्पसका स्वबियु सभापति देब ताजपुरीया, नेबिसँघ ईकाई कमिटीका कार्यबाहक सभापति रोशन यादब लगायतको उपस्थिति रहेको थियो ।
सो तालिमको शुक्रबार उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा वडाध्यक्ष मखना महतो, वडा सदस्य हेमा आचार्य र कोचिला न्युज डटकमका सम्पादक आत्माराम राजवंशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १२ : ४२ बजे