११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंज -६ द्वारा कृषकलाई स्प्रे टेंकी वितरण


१२ चैत्र २०७७, बिहिबार  

0
Shares

गाैरीगंज १२, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ ले स्प्रे टेंकी वितरण गरेकाे छ ।
वार्ड भित्र रहेका कृषकलाई कृषि कार्यमा सहयाेग पुग्ने उदेश्यले ४० थान स्प्रे टेंकी वितरण गरेकाे हाे ।
वार्डकाे सिलिङ्ग बजेटकाे १ लाख रूपैयाँबाट खरिद गरि कृषकलाई स्प्रे टेंकी वितरण गरिएकाे वार्ड सदस्य मुकेश साहले जानकारी गराएका छन् । कृषकहरूकाे माग बमाेजिम स्प्रे टेंकी अपुग भएकाेले थप ५० हजार रूपैयाँ बजेट विनियाेज गर्ने उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : १३ बजे