१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अग्नीपीडितलाई मञ्चको नगद २ लाख ११ हजार राहत


२९ फाल्गुन २०७७, शनिबार  

0
Shares

दमक२९, फागुन/दमक –ताप्लेजुङ सम्पर्क मञ्चले ताप्लेजुङ,दोभानका अग्नीपीडितहरुलाई नगद रु २ लाख बढी राहत रकम प्रदान गरेको छ ।
दुई साता अघि आगोलागीवाट विस्थापित भएका परिवारलाई राहत पुरयाँउन मञ्चले नगद रु २ लाख ११ हजार रुपैया प्रदान गरेको हो ।
मञ्चले साता दिन अघि स्थानीयस्तरमा एक सहयोग समिति गठन गरि सहयोग जुटाएको थियो । टोलीले आज विहान घटनास्थलमा पुगेर संकलित नगद राहत मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङबाङ र प्रशासकीय अधिकृत डम्बर आङदेम्बेलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको सम्पर्क मञ्चका अध्यक्ष समेत रहनुभएका दमक ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले जानकारी दिए ।
गाँउपालिकाले अग्नीपीडितहरुको व्यवस्थापनका लागि सहयोग अभियान सञ्चालन गरिआएको छ । अभियान अन्तर्गत देश,विदेशबाट करिव रु ४० लाख नगद तथा अन्य विभिन्न जिन्सी समान प्राप्त भईरहेको उनले वताए ।
ताप्लेजुङबाट दमक आएर बस्दै आएका सर्वसाधारणहरुले सम्पर्क मञ्चको अगुवाईमा सहयोग जुटाईएको सस्थाका सचिव मोहन बगालेले जानकारी दिए । उनले दमकका विभिन्न वडामा बसोबास गर्दै आएका अतिरिक्त बिदेशमा रहेका आफन्तहरुले समेत सम्पर्क मञ्चको राहत सहयोग संकलनमा सहयोग पुर्याँएका र सहयोग जुट्ने क्रम जारी रहेको वताए । मञ्चका अध्यक्ष पौडेलसहित दमक ४ का वडाध्यक्ष कुमार साम्सोहाङ , मञ्चकी कोषाध्यक्ष शान्ता तामाङ , सम्पर्क मञ्चका सदस्य चैतन्य बराल, पबित्रा तामाङ र बिष्णु पौडेलसहितको एक टोली घटनास्थलमा पुगेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १ : ५५ बजे