२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

रेडक्रस गाैरीगंजकाे अध्यक्षमा पुन: मास्के चयन


७ फाल्गुन २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज ७, फागुन / नेपाल रेडक्रस साेसाईटी उपशाखा गाैरीगंजकाे अध्यक्षमा पुनः कैलाश कुमार मास्के चयन भएका छन् ।
गाैरीगंज गाउँपालिकाकाे सभाहलमा आज सम्पन्न उपशाखाकाे पहिलाे गाउँसभाबाट अध्यक्षमा मास्केसहित उपाध्यक्षमा कल्पना थापा, सचिवमा यादब रिजाल र काेषाध्यक्षमा पुष्पलता राजवंशी चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरूमा नन्दराज थापा, छत्रमणि नेपाल, ज्ञानु राजवंशी, संजिव रमण, अशाेक ताजपुरिया, सन्तलाल ताजपुरिया र नईन्दर बहादुर काफ्ले चयन भएका छन् ।
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे प्रमुख अातिथ्यतामा भएकाे गाउँसभामा नेपाल रेडक्रश साेसाईटी झापाका सदस्य प्रकाश चन्द्र खरेल, संस्थाका पुर्व जिल्ला उपाध्यक्ष भाेला खतिवडा, शाखा अधिकृत विरेन्द्र खड्का, कांग्रेस महासमिति सदस्य फुलवती राजवंशी, नेकपा जिल्ला सदस्य केदार ढुंगेल, गाैरीगंज गाउँपालिका वार्ड नं. २ का अध्यक्ष अघनुप्रसाद राजवंशी, वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीलगायतकाे सहभागिता थियाे । गाैरीगंज रेडक्रश उपशाखा तदर्थ समितिका अध्यक्ष कैलाश कुमार मास्केले संस्थाकाे प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका सचिव यादब रिजालले कार्यक्रम संचालन गरेका थिए । संस्थाकाे हालसम्म ८८ जनाले सदस्यता लिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : ०७ बजे