३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रधानमन्त्री ओलीकाे प्रतिगमन विरूद्व झापाली पत्रकार सडकमा


२७ माघ २०७७, मंगलबार  

0
Shares

विर्तामोड २७, माघ/ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन विरुद्ध झापाली पत्रकारहरुले मंगलवार बिर्तामोडमा प्रदर्शन गरेका छन् । बिर्तामोडको मुक्तिचोकमा भेला भएका झापाली पत्रकारहरुले विभिन्न नाराका प्लेकार्ड लिएर नारावाजी गर्दै र्याली प्रदर्शन गरेका थिए । पत्रकारहरुले प्रेस विरोधि कानुन फिर्ता गर, संबिधानको रक्षा गर, प्रतिगमन मुर्दावादलगायतका नारा लगाएका थिए ।
प्रेस युनियन झापा तथा प्रेस संगठन नेपाल झापाले संयुक्त आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न पत्रकारजन्य संघ-संगठनले ऐक्यवद्धता जनाएका थिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, महासंघ प्रदेश १ का सदस्य तिर्थ सिग्देल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रवन्ध निर्देशक तथा सञ्चारकर्मी लीला अनमोल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीलगायतले ओलीको प्रतिगमन विरुद्ध आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, पत्रकार राजेन्द्र गौतम, देशराज नेम्वाङसहित एकसयवढि झापाली पत्रकारहरु सहभागी थिए । प्रेस संगठन झापाका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा प्रदर्शन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पुर्वेलीले गरेकी थिइन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ८ : ०९ बजे