९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरीगंज -५ द्वारा १७० जनालाई कम्बल वितरण


२० माघ २०७७, मंगलबार  

0
Shares


गाैरीगंज २०, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ५ ले वडा भित्रका लक्षित वर्गका व्यत्तिहरूलाई न्यानाे कम्बल वितरण गरेकाे छ ।
वडा भित्रका एकल महिला, विधुवा महिला र अपाङ्गता भएका १७० जनालाई साेमवार न्यानाे कम्बल वितरण गरिएकाे हाे ।
वडा अध्यक्ष विजय प्रसाद सिंह गन्गाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडाकाे सिलिङ्ग बजेटबाट छुट्टाएकाे २ लाख रूपैयाँबाट लक्षित वर्गलाई कम्बल वितरण गरिएकाे वडा सचिव अजाद अन्सारीले जानकारी गराएका छन् । वडा सदस्य तथा न्यायिक समिति सदस्य राजेन्द्र ताजपुरियाले स्वागत गरेकाे कार्यक्रममा वडा सदस्य देवनारायण सिंह गन्गाई, कैली देवी ऋषिदेव, लिलादेवी गन्गाई, कर्मचारी बब्ली कुमारी यादवलगायतकाे उपस्थित थियाे ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ५ : ५४ बजे