१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज बहुमुखी क्याम्पसमा नेविसंघ इकाई समितिकाे सभापतिमा राेशन यादव चयन


१२ माघ २०७७, सोमबार  

0
Shares

गाैरीगंज १२, माघ/ नेपाल विधार्थी संघले गौरीगंज बहुमुखी क्याम्पसमा इकाई समिति पुनर्गठन गरेको छ । सभापति कृष्ण दास बाबाजीको कार्यब्यस्तताका कारण कार्यबाहक जिम्मेवारी सम्हालेका रोशन यादवलाई ईकाई समितिकाे सभापति पदमा आज चयन गरिएको हाे ।
उनको अध्यक्षतामा ६१ सदस्यीय समिति गठन गरिएको छ । उपसभापतिमा संगीता महतो सचिवमा स्तब हुसैन सह सचिवमा रमेश ताजपुरिया कोषाध्यक्षमा सरिता सिंह र सह कोषाध्यमा सूर्य यादबलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा कामेश्वर राजवंशी , अजय कुमार हलुवाई , सुजिता गन्गाई ,ममता राजवंशी , बन्दना दास , अस्मिता यादब , पुष्पा यादब , प्रियंका शाह , राजेस यादब , धीरज महतो , अनिता गिरी , जीवन मेहता , निर्मला महतो ,ईसा शाह , खुसी चौधरी , सुस्मिता दास , प्रगति दास लगायतलाई चयन गरिएको छ।
रोशन यादबकै सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरीगंज गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मखना महतो, नेबिसंघ झापाका उपसभापति भवानी काफ्ले, नेमसंघका अध्यक्ष हेमा आचार्यलगायतको उपस्थिति थियो । कृष्णदास बाबाजिले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजिकरण स्ववियु सभापति देब ताजपुरियाले गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ८ : ५३ बजे