४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहकाे साताै नगरसभामा ६ महिना कार्य प्रगतिकाे समिक्षासहित जग्गादातालाई सम्मान, सभामा काेराेेनाकाेे खर्च विवरण प्रस्तुत


२८ पुस २०७७, मंगलबार  

0
Shares

 


गाैरादह २८, पुस / गाैरादह नगरपालिकाकाे सम्पन्न छैठाे नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रमकाे समिक्षासहित ६ महिना अवधिकाे कार्य प्रगति विवरण प्रस्तुत भएकाे छ ।
गाैरादह नगरपालिकाका नगर प्रमुख राेहित कुमार साहले पारित वजेटकाे समिक्षासहित साताै नगर सभामा आर्थिक वर्ष २०७७/७८ का लागि स्विकृत वार्षिक नीति तथा कार्यक्रमकाे प्रगति विवरण आज प्रस्तुत गरेका हुन् । नगर प्रमुख साहले वार्षिक नीति तथा कार्यक्रमकाे समिक्षासहित प्रगति विवरण सुनाउनु अघि नगरपालिका, वडा कार्यालय र स्वास्थ्य चाैकी कार्यालय भवनका लागि जग्गादान गर्ने ३५ जना जग्गादातालाई अविर लगाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान  गरेका थिए  । जग्गादाताहरूलाई नगर प्रमुख राेहितकुमार साह र उपप्रमुख गीता भेटवालले अविरसंगै सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन्।

नगर प्रमुख साहले चालु अार्थिक वर्षका लागि प्रस्तावित अाय व्ययकाे अवस्था, काेभिड -१९ काे संक्रमण राेकथाम, उपचार तथा राहत वितरणलगायत सम्पुर्ण कार्यका लागि भएकाे आम्दानी खर्च विवरण, भाैतिक पूर्वाधार निर्माणकाे अवस्था, चालू आ. व. का लागि स्वीकृत नगर स्तरिय याेजनाहरूकाे विवरण, स्वास्थ्य संस्थाहरूबाट सेवा लिएका सेवाग्राहीकाे विवरण, आयुवेर्द सेवा, शिक्षा क्षेत्रमा शिक्षण सिकाई कार्यक्रम संचालन, कृषि , पशु, महिला बालबालिका तथा जेष्ठ नागरिकहरूलाई दिईएकाे स्वास्थ्य सेवा, सामाजिक सुरक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गाैरादह नगरपालिकाकाे साताै नगरसभालाई सम्बाेधन गर्दै नगर प्रमुख साहले ज नगरकाे जम्मा वेरूजु पर्छाैट ५ कराेड ३९ लाख ९३ हजार ३ सय १९ रूपैयाँमध्ये २६ लाख ७९ हजार ८ सय ३१ रूपैयाँ फर्छाैटका लागि कागजात पेश भएकाे बताएका थिए ।
हालसम्मकाे नगरपालिकाकाे चालु आर्थिक वर्षमा सम्पादन गर्नु पर्ने निर्धारित कार्यकाे कुल मुल्यांकन गर्दा ६० प्रतिशत मात्र प्रगति भएकाे नगरप्रमुख साहले जानकारी दिएका थिए ।
नगर प्रमुख साहले भाैतिक पूर्वाधार तर्फकाे उपभोक्ता समितिबाट गरिने निर्माण कार्यकाे सम्बन्धमा सम्झाैता कार्य माघ मसान्त भन्दा पछि नगर्ने, उपभोक्ता समितिले गर्ने बहु बर्षे प्रकृत बाहेक काे म्याद थप नगर्ने र असाढ १५ गते भन्दा पछि भुक्तानीका लागि पेश हुने कागजात विलभर्पाई भुत्तानी दिन कार्यालय बाध्य नहुने जस्ता नीति अवलम्वन गरिने सम्बाेधनका क्रममा बताएका थिए ।
गाैरादह नगरपालिका अन्तरगत लामाे समय देखि ठेक्का सम्झाैता भई हाल सम्म पनि कार्य सम्पादन भई नसकेका, सम्पादित कार्यकाे मुल्यांकन गर्ने आधार र प्रमाण नभएकाले ३ वटा याेजनाकाे ठेक्का भङ्ग गरि कानुनी प्रकृया अगाडि बढाउन अनुमाेदनका लागि नगर प्रमुख साहले सभामा पेश गरेका थिए ।


लक्की कन्सट्रक्सन एण्ड ईन्जिनियर विल्डर्स विर्तामोडले ठेक्का लिएकाे प्रदानन्द सापकाेटकाे घर पुर्वबाट जुराेपानी जाेड्ने मुल सडकसम्मकाे सडक विस्तार तथा ग्राभेल गर्ने कार्य, वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी प्रा.लि. दमकले सम्झाैता गरेकाे रंगिन जस्ता पाता खरिद आपूर्ति र स्यालाे टुवेल खरिद आपूर्ति ठेक्का सम्झाैता रद्द गर्नका लागि सभामा पेश भएकाे थियाे ।

काेराेना संक्रमणकाे राेकथाम र उपचारका लागि हालसम्मकाे  खाद्यान्न भुक्तानी र खरिद    विवरण
त्यसैगरी काेभिड – १९ काे संक्रमणकाे राेकथाम र उपचार गर्ने क्रममा हालसम्मकाे कार्यालयबाट खरिद र भुत्तानी गरिएकाे खाद्यान्न विवरण ( पहिलाे र दाेस्राे चरणमा जम्मा ) अनुमाेदनका लागि नगर सभामा पेश भएकाे छ ।
हालसम्म कार्यालयबाट ७२ लाख १८ हजार १ सय ७६ रूपैयाँकाे १,७६३६० केजी चामल, १४ लाख ८६ हजार २ सय २३ रूपैयाँकाे १३२०९ केजी दाल, १६ लाख ५ हजार ५ सय ९३ रूपैयाँकाे १०३०० लिटर तेल र १ लाख ९६ हजार ७ सय ८० रूपैयाँकाे १०२०३ केजी नुन खरिद भएकाे विवरण प्रस्तुत भएकाे हाे । उत्त विवरणकाे सम्पुर्ण हिसाब विवरण सबै नगर सभा सदस्यहरूलाई अनुमाेदनका उपलब्ध गराएकाे छ ।

 

त्यसैगरी गाैरादह नगरपालिकाभित्र रहेका क्वारेन्टाइनहरूमा गएकाे खाद्यान्न विवरण उपलब्ध गराईएकाे छ । गाैरादह नगरपालिकाकाे स्वास्थ्य चाैकी जुराेपानी, प्रगति मावि जुराेपानी, जनता मावि गाैरादह, कृषि क्याम्पस गाैरादह, स्कुलचाैन मावि स्कुलचाैन, स्वास्थ चाैकी स्कुलचाैन, बैगुनधुरा मावि वैगुनधुरा, नमुना खेति हाेमस्टे स्कुलचाैन, सामुदायिक भवन जुराेपानीलगायतका क्वारेन्टाइनमा ५२५० केजी चामल, १४५० केजी दाल, ४८० लिटर तेल र ३३१ केजी नुन वितरण भएकाे जनाएकाे छ ।
नगरपालिकाबाट असहाय तथा गरिबका लागि ८७० केजी चामल, ५० केजी दाल र ८ केजी नुन वितरण भएकाे विवरण भएकाे जनाईएकाे छ ।
नगरसभामा प्रकाेप व्यवस्थापन काेषबाट भएकाे खर्च विवरणसमेत उपलब्ध गराएकाे छ ।
नगरपालिकाले काेराेना भाईरसकाे संक्रमणकाे उपचार र राेकथामका लागि प्रकाेप व्यवस्थापन काेषबाट ३९ लाख ८१ हजार ४ सय ६२ रूपैयाँ खर्च भएकाे जनाएकाे छ ।
नगरपालिकाले मास्क र गाउन, पिपिई, सेनिटाईजर, क्वारेन्टाइन र आईसाेलेसनमा खाना र नास्ता खर्च, तरकारी फलफुल, क्वारेन्टाइन आईसाेलेसनमा भान्से, सुरक्षा गार्ड, हेल्फरकाे तलब भत्ता, एम्बुलेन्सकाे ईन्धन खर्च, औषधि, धारा, विजुली, फर्निचर, प्रचार प्रसार, निर्माण र मर्मत सरसफाई र क्वारेन्टाइनहरू र आईसाेलेसनमा कपडा लुगाओडने ओछ्याउने शिर्षकमा खर्च गरेकाे छ ।
नगरपालिकाकी उपप्रमुख गीता भेट्वालले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए । माघ ९ गते पुनः बस्ने गरि नगरसभाकाे पहिलाे सत्र सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : ०२ बजे