९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरीगंजकाे फत्तेपुुर नाकाबाट भाेली आईतवारदेखि औपचारिकरूपमा आवतजावत गर्न दिने


१७ माघ २०७७, शनिबार  

0
Shares

गाैरीगंज – ५ स्थित  फत्तेपुर नाका

गाैरीगंज १७, माघ/ नेपाल सरकारले औपचारिकरूपमा भाेली आईतबारदेखि गाैरीगंजकाे आठमाैजा छाेटी भन्सार अन्तर्गत फत्तेेेपुर  नाका खाेल्ने निर्णय गरेकाे छ ।

गाैररीगंज -५  फत्तेपुर  नाकाबाट  नेपाल-भारत आवतजावत गर्ने मानिसहरूको रेकर्ड राखेर आवतजावत गर्ने दिइने निर्णय भएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिए।

उनले भारतीय नागरिक लामाे दुरीबाट नेपाल आउँदा ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट र सीसीएमसीकाे फर्म भरेकाे प्रिन्ट ल्याए मात्र नेपाल आउन दिने बताए ।
उनले भने, ‘पहिलाकै जस्तै पूर्ण रुपमा खुल्ला गर्ने भनिएको छैन। नेपाल आउने मानिसहरूको रेकर्ड राखेर आउन दिइने भनिएको हो। मानिस बोकेर सवारी साधन आउने जाने भन्ने होइन।’
आवतजावत गर्ने सीमा नजिकका भारतीय नागरिकहरूलाई रेकर्ड राखेर  फत्तेपुर नाकाबाट नेपाल आउन दिईने उनले बताए ।
काेराेना भाईरसकाे संक्रमणका कारण बन्द भएकाे खजुरगाछी नाकाबाट घुमाउराे बाटाे प्रयाेग गरेर मानिसहरू नेपाल- भारत अाउजाउ गर्दै आएका छन् ।
नाका बन्द भएकाे नामकाे मात्रै हाे, सीमा नजिक घर भएका एक स्थानियले भने – ‘ पहिला जस्ताे दिनहुँ जसाे मानिसहरू नेपाल – भारत अाउजाउ गर्दै अाएका छन् र मालसामान ओसारपसार भईरहेकाे छ ।’

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ०७ बजे