१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज -५ का सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ४० बालबालिकालाई न्यानाे कपडा वितरण


१५ माघ २०७७, बिहिबार  

0
Shares

गाैरीगंज १५, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ५ भित्रका सामुदायिक विद्यालयका ३ सय ४० बालबालिकालाई न्यानाे कपडा वितरण गरिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ ले वार्ड भित्रका आदर्श प्रावि हरिरा, तारा प्रावि र जनता बालविकासमा अध्ययनरत बालबालिकालाई बुधबार  न्यानाे कपडा वितरण गरेकाे हाे ।

गाैरीगंज गाउँपालपकाका उपाध्यक्ष तथा शिक्षा समिति संयाेजक दिपिन्द्र थापा, वार्ड अध्यक्ष विजयप्रसाद सिंह गन्गाई, वार्ड नं. ५ का वडा सदस्य राजेन्द्र ताजपुरिया, शिक्षा शाखा अधिकृत केशव भट्टराई, वडा सचिव अजाद अन्सारीलगायतले बालबालिकालाई न्यानाे कपडा वितरण गरेका थिए । वार्ड कार्यालयले आफ्नाे सिलिङ्ग बजेटबाट वार्ड भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानाे कपडाका लागि २ लाख ७५ हजार रूपैयाँ छुट्याएकाे छ । वार्ड अध्यक्ष विजयप्रसाद सिंह गन्गाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड सदस्य राजेन्द्र ताजपरिया, शिक्षा शाखा अधिकृत केशव भट्टराई, , वार्ड सदस्य देवनारायण सिंह गन्गाई, कैलीदेवी ऋषिदेवलगायतकाे सहभागिता थियाे । वार्ड सचिव अजाद अन्सारीले सञ्चालन गरेकाे कार्यक्रममा न्यानाे कपडा पाउने भएपछि बालबालिकाहरू हर्षित देखिन्थे ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ८ : २९ बजे