१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा पहिलाे पटक आँखा अस्पताल सञ्चालनमा, सेवाग्राहीकाे घुँईचाे


८ माघ २०७७, बिहिबार  

0
Shares

गाैरीगंज ८, माघ / विर्ता ज्याेती आँखा अस्पतालकाे सेवा केन्द्र गाैरीगंजमा पहिलाे पटक सञ्चालनमा आएकाे छ ।
सेवा केन्द्रकाे औपचारिक उद्घाटन शुरू हुन पुर्व अस्पतालमा  आँखाका  विरामीकाे घुँईचाे लाग्ने गरेकाे छ । अस्पतालकाे औपचारिक उद्वघाटन भने माघ १२ गते हुँदै छ ।
माघ ५ गतेबाट अस्पतालले आफ्नाे सेवा दिन थाले देखि गाैरीगंजलगायत भारतकाे विहार राज्यबाट आँखाका विरामीहरू आउन थालेका छन् । अस्पतालले सेवा शुरू गरेकाे हप्ता दिनसम्म निःशुल्कमा ओपिडी सेवा तथा औषधि खरिद र आँखा अप्रेशनमा २० प्रतिशत छुट दिएकाे अस्पतालका सञ्चालक माेती बरालले जानकारी गराएका छन् ।
विर्तामाेड आँखा अस्पतालल चारपाने विर्तामोडकाे सहकार्य र विर्ता ज्याेती आँखा अस्पताल दमककाे प्राविधिक सहयाेगमा गाैरीगंजमा पहिलाे पटक आफ्नाे सेवा केन्द्र विस्तार भएकाे अस्पतालका प्रशासन शाखाका अधिकृत सुनिल दाहालले बताए । उनका अनुसार अस्पतालमा दैनिक १ सय भन्दा वढी आँखाका विरामीहरू आउने गरेकाे छ ।

 

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ११ : २९ बजे