११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

केहिदिन अघि नेकपामा प्रवेश गरेका माे. आसामुदिन फेरि कांग्रेस मै फर्किए ( प्रेस विज्ञप्तिसहित)


१२ पुस २०७७, आइतबार  

0
Shares

गाैरीगंज १२, पुस / केहिदिन अघि निधारमा अबिर लगाएर दर्जनाै नेता तथा कार्यकर्ताबीच नेकपा प्रवेश गरेका माे. आसामुदिन पुरानै घर फर्केका छन् ।
फाेरक लाेकतान्त्रिकबाट नेपाली कांग्रेसमा समायाेजन भएका फाेरमका गाैरीगंज गाउँपालिका वार्ड नं. ६ वडा समिति अध्यक्ष माे. आसामुदिन नेपाली कांग्रेस पार्टी मै फर्किएका हुन् । आज दिउसाे एक प्रेश नाेट प्रकाशित गरि नेपाली कांग्रेस पार्टी मै फर्किएकाे बताएका छन् ।
छाेटाे समयमा विना सुझबुझ नेकपा प्रवेश गरि ठुलाे भुल गरेकाे भन्दै माे. आसामुदिनले नेपाली कांग्रेस पार्टी मै रही पार्टीको निर्देशन र अनुशासनमा रहेर पार्टीकाे सक्रिय सदस्यकाे रूपम कार्य गर्ने प्रेस नाेटमा उल्लेख्य गरेका छन् ।
मंसिर १८ गते नेकपा केन्द्रीय सदस्यीय तथा प्रदेश नं. १ का अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सांसद दिपक कार्कीलगायत नेकपाका सयाैं नेता तथा कार्यकर्ताका बीच अबिर लगाएर माे. अासामुदिन सहित २८ जना नेकपा प्रवेश गरेका थिए । उनले जारी गरेकाे प्रेस नाेटमा भनेका छन् –
‘टाेलकै छरछिमेक साथी भाईहरूसंग पार्टी प्रवेशकाे विषयमा गहन कुराकानी हुन सकेन । नेकपा गाैरीगंजका केही व्यक्तिसंग सम्पर्क भई एक्कासी छाेटाे समयमै पार्टी प्रवेशकाे कार्यक्रम तय भई माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र पुर्व सांसद दिपक कार्कि ज्युकाे विशेष अातिथ्यतामा भएकाे कार्यक्रममा मलाई नेकपामा प्रवेश गराईयाे । म द्वविधामा थिए । मलाई साेच्ने समय नै दिईएन । अन्याेलताका बीच नेकपा कन्चिरा टाेल समितिकाे अध्यक्ष बनाई मलाई पार्टी प्रवेश गराईयाे । ‘
‘अाजदेखि नेकपाकाे सदस्यता त्याग गरि कुनै पनि गतिविधिमा संलग्न नहुने जानकारी गराउँदै नेपाली कांग्रेस पार्टीको विधि, विधान र अनुशासनमा रही एक सच्चा , कर्मठ र ईमानदार कार्यकर्ताकाे भुमिका खेल्ने छु’ – प्रेस नाेटमा उनले उल्लेख गरेका छन् ।

प्रेेस नाेट

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १२ : ४८ बजे