१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘निर्वाचित सरकार मध्ये कम्युनिस्ट सरकारमा सबै भन्दा बढी भष्ट्राचार’- कांग्रेस नेता महत


२९ मंसिर २०७७, सोमबार  

0
Shares

बिर्तामोड २९, मंसिर / नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्ट सरकार निर्वाचित सरकारहरूमध्ये सबै भन्दा बढी भष्ट्राचार गरेकाे आरोप लगाएका छन् । उनले वर्तमान सरकारले अरब रूपैयाँ भन्दा कमकाे भष्ट्राचार जहिपनि गरेकाे बताए ।
नेपाली कांग्रेस झापाले अायाेजना गरेकाे बृहत् विराेध सभालाई सम्बाेधन गर्दै नेता महतले हरेक लगानीमा सरकार मोलतोल गरिरहेको अाराेप लगाए ।
उनले वर्तमान सरकार कम्युनिष्टहरुको मात्रै सरकार भएकाे बताउँदै नेपाली जनताको चहाना पुरा गर्न नसेको बताए ।
प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड–नेपाल समूहले भ्रष्टाचार बारे लिखित नै प्रतिवेदन नेकपाकाे बैठकमा बुझाएको भन्दै नेता महतले वर्तमान कम्युनिष्ट सरकारले कुरा धेरै , काम थोरै गरेको आरोप समेत लगाए ।

जनताकाे सरकार नभई नेकपाकाे आसेपासेकाे मात्र सरकार भएकाे बताउदै नेता महतले जनताकाे काममा अलिकति पनि सरकारले ध्यान नदिएकाे र काेराेना महामारीकाे व्यवस्थापनमा २० अरब रूपैयाँ खर्च भएकाे बताए पनि जनताले केहि पनि नपाएकाे बताए । काेभिडकाे विरामीहरूले दिनकाे १ लाख रूपैयाँ तिरेर उपचार गर्नु पर्ने जुन सर्वसाधारणकाे लागि साेच्नै नसिकने कुरा भएकाे उनले बताए ।


कांग्रेसले देशधर अाज सरकारको विरोधमा विराेध सभा आयोजना गरेको बताउँदै उनले अबको निर्वाचनबाट जनताले कांग्रेसलाई सरकारमा पुर्याउने आशा गरे ।

सम्बोधनका क्रममा कांग्रेस नेता तथा पुर्वमन्त्री
केशव कुमार बुढाथाेकीले मुलुकमा लोकतान्त्र बाहेक अर्को कुनै व्यवस्थाको कल्पना गर्न नसकिने भन्दै ‘मुठ्ठीभरको जुलुस निकालेर देशमा व्यवस्था परिवर्तन गर्न सम्बन्ध नरहेको बताएका छन । नेता बुढाथोकीले भने -” राजा कतै गएका छैनन्,  राजा आउ भनिरहन जरुरी छैन” । उनले भने– राजा कहाँ गएका छन् र ?  आफ्नै घर सम्हाल्न नसक्नेले देश बनाउन सक्दैनन् ।
जिल्लाका १५ वटै पालिकाबाट माेटरसाईकल र्याली गर्दै कांग्रेस कार्यकर्ताले सरकार विरुद्ध नारा लगाएका थिए ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाकाे सभापतित्वमा भएकाे कार्यक्रममा केशवकुमार बुढाथाेकी, भरतेन्द्र मल्लिकलगायतका केन्द्रीय नेताहरूले सम्बाेधन गरेका थिए ।

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : ३४ बजे