४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झुक्याएर नेकपामा प्रवेश गराएको भन्दै नाम सार्वजनिक भएपछि २२ जनाको आपत्ति (भिडियाेसहित)


२४ मंसिर २०७७, बुधबार  

0
Shares

गाैरीगंज २४, मंसिर / आफुहरूलाई झुक्याई नेकपामा प्रवेश गरेकाे भन्दै नाम सार्वजनिक भएकाेमा २२ जनाले आपत्ति जनाएका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कन्चिराका फाेरम लाेकतान्त्रिक पार्टीबाट समायाेजन भई नेपाली कांग्रेसका २२ जना सक्रिय   सदस्यहरूले आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेस गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे वडा भेलामा आज उनीहरूले झुक्याएर नेकपामा प्रवेश गराएर नाम सार्वजनिक गरेकाे बताए । फाेरम लाेकतान्त्रिक पार्टीबाट समायाेजन भई नेपाली कांग्रेसका सक्रिय सदस्य माे. लजिमले हामीहरूलाई साेध्यै नसाेधि झुक्याएर माे. आसामुदिनले पार्टी प्रवेश गराएर २२ जनाकाे नाम दिएकाे बताए । एक्कै चोटी हाम्रो निधारमा अबिर दल्न थाले मो. लजिमले भने – ‘पछि पो थाहा भयो पार्टी प्रवेश गराएको भनेर’ ।

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा माे. आसामुदिन मियाँकाे अगुवाईमा कन्चिराका २८ जनाको नेकपामा प्रवेश गराईएकाे नाम सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ४३ बजे