११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

महिला हिंसा विरूद्व १६ दिने अभियान राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजद्वारा सम्पन्न


२१ मंसिर २०७७, आइतबार  

0
Shares

गाैरीगंज २१, मंसिर / राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजले महिला हिंसा विरूद्वकाे १६ दिने अभियान आज सम्पन्न गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे सभाहलमा जनचेतनामूलक कार्यक्रम गरि संस्थाले १६ दिने अभियान समापन गरेकाे हाे । संस्थाकि अध्यक्ष फुलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा भएकाे विभिन्न कार्यक्रम अन्तर्गत गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा मंसिर १८ गते एकदिने जनचेतनामूलक कार्यक्रम, वेलुका गाैरीगंज चाैकमा दिप प्रज्जवलन, वार्ड नं. २ मा १९ गते, वार्ड नं. ४ मा २० गते र वार्ड नं. ३,५ र ६ मा २१ जनचेतनामूलक कार्यक्रम गरि महिला हिंसा विरूद्वकाे १६ दिने अभियान सम्पन्न गरेकाे थियाे ।
समापन कार्यक्रममा वार्ड नं. ३ का अध्यक्ष मखना महताे, वार्ड नं. ६ का अध्यक्ष बद्री नारायण यादव, वडा सदस्य उदिमकुमार राई, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीलगायतले महिला हिंसा दिनानुदिन बढ्दै गएकाे हुदाँ यसकाे विरूद्वमा सबैले आआफ्नाे ठाउँबाट सकारात्मक भुमिका खेल्नु पर्ने बताएका थिए ।

आर्थिक पहुँचमा, शिक्षा रोजगार र चेतनामा पछि परेका कारण महिलाहरु हिंसामा परेकाे उनीहरूले बताएका थिए । हाल भइरहेका हिंसामा प्रमुख स्थान घरेलु हिंसा भएकाे बताउदै हिंसाको सर्न्दर्भमा गरिएका सर्वेक्षणको आधारमा महिलाहरु अफ्नै श्रीमानबाट ८० प्रतिशत र अन्य परिवारका सदस्य एवम् व्यक्तिहरुबाट करीव २० प्रतिशत महिलाहरु पीडित भएको बताइएकाे थियाे ।
समग्रमा नेपालमा प्रजनन उमेरका ४ जनामा १ जना महिला कुनै न कुनै हिंसामा परेको तथ्याङ्कहरुमा उल्लेख गरिएकाे छ ।

महिला हिंसा बढ्दै जानुको मुख्य कारण अराजक स्थिति, शिक्षा चेतनाको अभाव, कमजोर सरकारीतन्त्र मदिराजन्य पदार्थको खुल्ला विक्री वितरण र प्रयोग विज्ञापन सर्कस आदिमा महिलाहरुको अर्धनग्न प्रदर्शन, विभिन्न संचारका माध्यमहरु यू ट्युव, गीत सामाजिक सञ्जालहरुमा आएका विकृतिहरु, पारीवारिक वेमेल, बहुविवाह, बाल विवाह, अन्तरजातीय विवाह का कारण विचार भावना संस्कृतिमा मिलन नहुनु र रुप सौर्न्दर्य र धनसम्पत्तिको प्रलोभनमा परेर पनि हिंसाका घटनाहरु बढी रहेका छन्। कार्यक्रममा राष्ट्रिय महिला सशक्तिकरण संस्था गाैरीगंजका सचिव पुष्पलता राजवंशीले सञ्चालन गरेकाे कार्यक्रममा उपाध्यक्ष शर्मिला राजवंशी, सदस्य गिता नायकलगायत संस्थाकाे सदस्यहरूकाे सहभागीता थियाे ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  २ : १७ बजे