११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

काेचभाषामा कविता संग्रह ‘वैरागी’ विमाेचन


६ मंसिर २०७७, शनिबार  

0
Shares

 


गाैरीगंज ६, मंसिर /
कचनकवल गाउँपालिका वार्ड नं. ७ फर्साडाँगीमा शुक्रबार एक कार्यक्रमका बीच काेच भाषाकाे कविता संग्रह ‘ वैरागी’ विमाेचन गरिएकाे छ ।
हास्यव्यंग कलाकार टेक बहादुर राजवंशी र प्रदिप राजवंशीकाे संयुक्तरूपमा रचित कविता संग्रह ‘वैरागी’ काे विमाेचन प्राज्ञ पवन राजवंशीले गरेका थिए ।
काेचबुड कमेडी ईन्टरटेन्मेन्टद्वारा प्रकाशित कविता संग्रहमा ५२ वटा कविताहरू रहेका छन् ।
हास्यव्यङ्ग कलाकार टेक बहादुर राजवंशी र प्रदिप राजवंशीकाे कविता संग्रह वैरागी पहिलाे कविता संग्रह हाे । बैरागी, राजबंशी समाज, फेसबुक, केनंग छिनु केनंग हनु, ए गे भेल्सी, किसान, नारी, जिन्दगी, जय काेचिला, हामा काेच, भ्रष्टाचार, जय नेपाललगायतका शिषर्कमा रचित कविताहरू पठनिय एवं मननयाेग्य छन् । रचित कविताहरूमा भएकाे शब्द चयन र वाक्यहरूकाे  गठनले काेच भाषा साहित्यमा एक ईट्टा थपिएकाे कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राज्ञ पवन राजवंशीले बताएका थिए ।

कार्यक्रममा प्राज्ञ पवन राजबंसीको प्रमूख आतिथ्यतामा भएकाे कार्यक्रममा राजवंशी समाज बिकास समितका सचिव मुनिलाल राजवंशी , शिक्षक कुवेर प्रसाद राजवंशी, समाजसेवी भरत राजवंशी , शिक्षक टेकनाथ राजवंशीलगायतले सुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिभिन्न कलाकारहरुको साँस्कृतिक नृत्य एवं गीत प्रस्तुति रहेकाे कार्यक्रमको अध्यक्षता काेचवुडका अध्यक्ष टेकबहादुर राजवंशीले गरेका थिए भने स्वागत मन्तब्य कोचबुड गायक दिल कुमार राजवंशीले गरेका थिए । कार्यक्रमको सञ्चालन हृदय राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  २ : ४७ बजे