३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गायक दिलकुमारकाे स्वरमा एकल म्युजिक भिडियाे सार्वजनिक


२९ कार्तिक २०७७, शनिबार  

0
Shares

गाैरीगंज २९, कार्तिक / कोच गायन प्रतियोगिता २०७३ का बिजेता दिल कुमार राजवंशीकाे स्वरमा एकल म्युजिक भिडियाे सार्वजनिक भएकाे छ ।

कोचबुड प्रोडक्सनका अध्यक्ष टेक बहादुर राजवंशी, महासचिव हृदय राजवंशीलगायतका पदाधिकारीहरूकाे सहयाेगमा उत्त काेच भाषाकाे एकल म्युजिक भिडियाे शुभ दिपावलीकाे अवसरमा युट्युव च्यानलमार्फत शुक्रबार सार्वजनिक भएकाे हाे ।

यस म्युजिक भिडीयो निर्माण गर्न ज्ञानु राजवंशी, कुबेर प्रसाद राजवंशी, छत्र राजवंशी, कृष्ण मान सिंह, विजय राजवंशी, प्रेम राजवंशी र रमेश राजवंशी अार्थिक सहयाेग गरेका छन् भने गीतमा वरिष्ट संगितकार तथा गायक बलराम राजवंशीले निःशुल्कमा संगीत भरेका छन् ।

काेचबुड प्राेडक्सनका अध्यक्ष टेक बहादुर राजवंशीकाे शब्दमा निर्माण भएकाे गीतकाे रेकर्डिङ बिट्स स्टुडियो बिराटनगरमा भएको हो । एकल म्युजिक भिडियाेका गायक दिलबहादुर राजवंशी दृष्टिविहिन हुन् । उनकाे मधुर स्वरमा प्रथम पटक काेच भाषामा म्युजिक भिडियाे सार्वजनिक भएकाे हाे ।

गीतकाे भिडीयोमा अभिनय गर्ने प्रतिभा राजवंशी, दिल कुमार राजवंशी, सुबास राजवंशी, शजय सिंह राजवंशी, गौतम राजवंशी र गरिमा राजवंशी रहेका छन्।

छायांकन मोहन राजवंशी, सम्पादन हृदय राजवंशी र निर्देशकमा गजेन्द्र राजवंशी रहेका छन् । काेचबुड प्राेडक्सनका अध्यक्ष टेक बहादुर राजवंशीले बाबुअामाले छाेरालाई दुःख गरेर पालन पाेषण गरेपनि छाेराबुहारीले बुबाअामालाई बुढेशकालमा भिक माग्नु पर्ने बाध्यताकाे गीतमा चित्रण गरिएकाे बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ३२ बजे