९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

साहित्य चाैतारी झापाले सडक देउसी नखेल्ने


२६ कार्तिक २०७७, बुधबार  

0
Shares

 

बिर्तामोड २६, कार्तिक /   साहित्य चौतारी झापाले दक्षिणारहित सामुहिक सडक देउसी नखेल्ने भएको छ ।
 साहित्य चौतारी झापाले साहित्य , कला , संगीत र संस्कृतिको संरक्षण , सम्र्वद्धन गर्ने उद्धेश्यले  हरेक वर्ष तिहारमा खेलिँदै आएको सामुहिक सडक देउसी ,साहित्यिक तथा साँस्कृतिक कार्यक्रम यो वर्ष नखेल्ने भएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।
 विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण र मृत्युदर बढीरहेको यो समयमा चाडपर्वहरू आ–आफ्नै घरभित्र रही परिवारका सदस्यहरूले मात्र मनाउन दिने तीन वटै सरकारको निर्णय अनुसार यसवर्ष दक्षिणारहित सामुहिक सडक देउसी नखेलिने भएको उनले जानकारी दिए ।
दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य , कला , संगीत र संस्कृतिको संरक्षण , सम्र्वद्धन गर्न बिर्तामोडको दुर्गा मन्दिरमा दक्षिणारहित सामुहिक सडक देउसी खेलिँदै आएपनि यस वर्ष सरकारको निणर्य आफूहरुले पालना गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १२ : २१ बजे