४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कक्षा ११ काे परीक्षा कार्तिक २३ गतेदेखि सञ्चालन हुने


१८ कार्तिक २०७७, मंगलबार  

0
Shares

गाैरीगंज १८, कार्तिक / गाैरीगंज गाउँपालिका अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयकाे कक्षा ११ काे परीक्षा सञ्चालन हुने भएकाे छ ।
काेराेना भाईरसकाे महामारीका कारण स्थगन गरिएकाे कक्षा ११ काे परीक्षा गाउँपालिका अन्तर्गतकाे शिक्षा समितिका संयाेजक दिपिन्द्र थापासहित विद्यालयका प्राचार्यसहितकाेे आज बसेकाे बैठकले कार्तिक २३ गते विहान ७ बजेबाट सञ्चालन गर्ने निर्णय गरेकाे छ । समितिले उत्त निर्णय कार्तिक २ गते नै गरेकाे थियाे । साेहि निर्णयलाई आजकाे बैठकले निरन्तरता दिएकाे हाे । 

गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाकाे अध्यक्षतामा विद्यालयका प्राचार्यसहिकाे बैेेेठकले परिक्षाकाे सञ्चालन, मुल्यांकन, व्यवस्थापन र नतिजा शिक्षा कार्यविधि २०७७ अनुसार हुने जनाएकाे छ ।


बैठकमा उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापा, शिक्षा शाखा प्रमुख सुशील दाहाल, शिक्षा शाखा अधिकृत केशव भट्टराई, गाैरीगंज क्याम्पस प्रमुख सर्वतलाल राजवंशी, खजुरगाछी मावि प्रअ गहेन्द्र विक्रम साह, बालकल्याणा माविका प्रअ भिम काेईराला, गाैरीगंज माविका प्रअ गाेविन्द घिमिरे, देवकाेटा मावि प्रअ जनार्धन ढकाललगायत थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : ४८ बजे