३० असार २०८१, शनिबार | Sat Jul 13 2024

काेराेना भाईरसबाट बच्न दमकमा सचेतना


१७ कार्तिक २०७७, सोमबार  

0
Shares

दमक १७,कार्तिक /
कोरोना भाइरस कोभिड १९को संक्रमण दर बढी रहेको वेला समुदाय–प्रहरी साझेदारी समिति दमकले सचेतना मुलक कार्यक्रम शुरु गरेको छ ।
प्रहरी साझेदारी समितिको टोलीले आज दमक ८ स्थित बिभिन्न पसलहरुमा पुगेर कोरोना भाइरसबाट बच्न सल्लाह दिदै सचेतना कार्यक्रम गरेको हो । टोलीले प्रत्येक पसलहरुलाई माक्स,सेनीटाइजरको प्रयोग, पसल अगाडी हात धुने साबुन पानीको ब्यवस्थापन गर्न पनि अनुरोध गरिएको टोलीमा सहभागी इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मौसम उदासले जानकारी दिनुभयो ।
सर्वसाधारण नागरिक पसलहरु कोरोना भाइरस प्रति सजक हुन पनि अनुरोध गरेको टोलीमा सहभागी प्रहरी साझेदारी समितिको सदस्य मोहन बोगटीले बताउनु भयो । टोलीले दमक ८को चोक लाइन,सेतुमारी रोड लाइन लगायतको पसलहरुमा सचेतना कायक्रम गरेको छ ।
प्रहरी साझेदारी समितिका पदाधिकारी ,सदस्यहरु, सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधिहरु सहभागी टोलीले भोली पनि बढी भीडभाड हुने बजारका विभिन्न पसलहरुको अनुगमन साथै सचेतना कार्यक्रम गर्ने प्रहरी साझेदारी समिति दमकका सदस्य तथा सामाजिक अभियान्ता सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ५४ बजे