१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे ९ जनामा काेराेना संक्रमण, दमकमा थप एक जनाकाे मृत्यु


९ कार्तिक २०७७, आइतबार  

0
Shares

 


गाैरीगंज ९, कार्तिक / गाैरीगंज गाउँपालिकाका ९ जनामा स्थानियस्तरमा काेराेना संक्रमण  पुष्टि भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ र ३ का ९ जना पुरूषमा काेराेना संक्रमण भएकाे जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फाेकल पर्सन जीवन चाैलागाईद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । त्यसैगरि गाैरादह नगरपालिकामा ११ जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । जसमा ३ जना महिला र ८ जना पुरूष छन् । प्रकाशित विज्ञप्ति अनुसार दमक नगरपालिकामा ५६ वर्षिय एक महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

दमक १ कि ५६ वर्षिय महिलाको उपचारका लागि विराटनगर लैजादै गर्दा मृत्युु भएको हाे । याे सँगै दमकमा ११ जना संक्रमितको मृत्युु भएको छ दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १ : ०१ बजे