१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ईस्टु सम्बद्ध स्कुलका शिक्षकहरुले गाैरादहका निजी विद्यालयमा ताला लगाए


५ कार्तिक २०७७, बुधबार  

0
Shares

गौरादह ५, कार्तिक / गौरादहको माउण्ट एभरेष्ट बोर्डिङ्ग स्कुलमा ताला लगाईएको छ । बुधवार संस्थागत शिक्षकहरुको संगठन ईस्टु सम्बद्ध साेहि स्कुलका शिक्षकहरुले ताला लगाएका हुन ।

बिधालयले इस्टु र प्याब्सन बिचमा भएको १ महिनाको तलब र १ महिना बराबरको पर्व खर्च तत्काल उपलब्ध गराउने सहमति भए पनि पालना नगरेकोले ताला लगाउन बाध्य भएको शिक्षकहरुले बताएका छन ।
निजि बिद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीलाई लामो समयदेखि तलब रोकेर अमानवीय व्यवहार गरेको भन्दै इस्टु गौरादह नगर समितिले मंगलबार एक विज्ञप्ती जारी गरि अनिश्चितकालका लागि बिद्यालयहरु बन्द गर्ने घोषणा गरेको थियो । सोहि अनुरुप आज गौरादहको बोर्डिङ्गमा ताला लगाईएको छ। 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ०० बजे