१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अत्यावश्यक सेवाबाहेक सबै बन्द ,गाैरादह नगरपालिका दशैंपछिमात्र खाेल्ने


४ कार्तिक २०७७, मंगलबार  

0
Shares

गाैरादह ४, कार्तिक / गौरादह नगरपालिकाबाट उपलब्ध हुदै केही अत्यावश्यक सेवाहरु वाहेक सबै बन्द गरिएको छ ।

नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै कार्तिक ६ गतेसम्मका लागि दमकल सेवा र स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएका कारण सेवाहरु बन्द गरिएको नगरप्रमुख राेहित कुमार साहद्वारा हस्ताक्षरित सुचनामा जनाएकाे छ ।

नगरपालिका र ९ वटै वडाहरुबाट उपलब्ध हुदै आएका सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ । अब नगरपालिका दशै पछि मात्रै खुल्ने छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ३ : २० बजे