२९ कार्तिक २०८२, शुक्रबार | Sat Nov 15 2025

गाैरादहमा झुन्डिएको अवस्थामा एक पुरूषकाे शव फेला


४ कार्तिक २०७७, मंगलबार  

0
Shares

गाैरादह ४,  कार्तिक /  जिल्लाको गौरादह नगरपालिका ६ दामुना बजारस्थित आफ्नै घरमा एक पुरुषलको शब झुण्डिएको अबस्थामा आज फेला परेको छ ।

स्थानिय गोपाल भनिने बर्ष अन्दाजी ३६ का टँक बहादुर गुरुङ आफ्नो घरको छतमा जाने भर्याङ्ग कोठामा झुण्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिएका छ्न् ।मृतकको आमा बुवा श्रीमती र दुई छोराछोरी रहेको र उनी बिदेश जाने तरखरमा रहेको तर कोरोना महामारी र लकडाउनका कारण रोकिएको कुरा स्थानियहरुले बताएका छन् ।

उनको शवलाई मुचुल्का तयार गरी पोष्टमार्टमका लागि दमक पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  २ : ३० बजे