७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

गौरीगंजमा ५ बेडको कोभिड अस्पताल स्थापना


३ कार्तिक २०७७, सोमबार  

0
Shares

 


गौरीगंज ३, कार्तिक / गौरीगंज गाउँपालिकामा ५  वेेेेेडकाेे कोभिड १९ अस्पताल स्थापना भएको छ । गौरीगंज गाउँपालिाकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आइतवार रिवन काटेर औपचारिकरुपमा अस्पतालको उद्वघाटन गरेका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा अस्थायीरुपमा कोभिड १९ अस्पताल स्थापना गरिएको हो ।


सरकारको प्रत्येक स्थानियतहमा कोभिड १९ अस्पताल स्थापना गर्नुपर्ने नीति अनुरुप पहिलाे चरणमा संघिय सरकारले अस्पताल स्थापना गर्न १० लाख रुपैयाँ उपलब्ध गराएको छ । पछिल्लोसमय कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएको हुनाले अस्पतालमा भेन्टिलेटर बाहेक सवै सेवाहरु उपलब्ध रहेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए । गौरीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्री नारायण यादवको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले अस्पताल स्थापनाको औचित्यमाथि प्रकाश पारेका थिए । अस्पतालमा डा. नविन घिमिरेको चिकित्सकीय सेवा रहनुका साथै स्टाफनर्स एञ्जिला खड्का र बिनिता लुइटेलले आलोपालो २४ सै घण्टा सेवा दिने छन् ।

उद्वघाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु दाहाल, उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. १ का अध्यक्ष, कार्तिकलाल राजवंशी, २ का अध्यक्ष अघनु राजवंशी, ३ का अध्यक्ष मखना महतो, ४ का अध्यक्ष कुल प्रसाद गिरी, ५ का अध्यक्ष विजय प्रसाद सिंह गन्गाई, कार्यपालिका सदस्य राधा अधिकारी, लिला गन्गाई, गौरीगंज प्रहरी निरीक्षक राकेश रेग्मीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ३८ बजे