१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज क्षेत्रमा दशैं मेला बजार लगाउन राेक, मदिरा पसल ८.३० बजेसम्म मात्र खाेल्न पाउनेे


२ कार्तिक २०७७, आइतबार  

0
Shares

गाैरीगंज २, कार्तिक /  ईलाका प्रहरी कार्यालय गाैरीगंजले दशैंकाे अवसरमा लाग्ने मेला वजार पुर्णरूपमा बन्द गर्ने निर्णय गरेकाे छ ।

गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठसहित ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे परिसरमा आज बसेकाे सर्वपक्षिय बैठकले मेला बजार बन्द गर्ने निर्णय गरेकाे हाे ।

 चाडपर्वका समयमा मंदिरा जन्यपदार्थ वेचविखन गर्ने पसलहरू वेलुका ८.३० बजेसम्म मात्र खाेल्न पाउने वैठकले निर्णय गरेकाे छ ।

त्यसैगरी दशैंलाई लक्षित गर्दै प्रहरी कार्यालयले अबैध मदिरा उत्पादन तथा विक्री वितरण नगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतसवाजीहरुको ओसारपसार नगर्न नगराउन, जुवा तास तथा डायस जस्ता गतिविधि पुर्णरूपमा राेक लगाउने, धार्मिक, सामाजिक तथा साँस्कृतिक सदभाव विथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठन तथा संस्थाहरुले गर्ने शुभकामना आदनप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न पनि सूचित गरेको छ ।

धार्मिक शक्ति पिठहरुमा नित्य पूजामा समेत भिडभाड नगरी भाैतिक दुरी कायम गरी धार्मिक पुजापाठ गर्ने निर्णय भएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी गराएका छन् ।
बैठकमा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ३ का अध्यक्ष मखना महताे, वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरी, वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, वार्ड नं. २ का अध्यक्ष अघ्नुप्रसाद राजवंशी, नेपाली कांग्रेस महासमिति सदस्य फुलवती राजवंशी, नेकपा गाैरीगंज ईन्चार्ज विद्यानन्द राजवंशी, राप्रपका नन्दराज थापा, गाैरीगंज बहुमुखी क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, सशस्त्र सीमा सुरक्षा प्रहरी वल गाैरीगंजका प्रहरी निरीक्षक विकास न्याैपाने, समाजसेवी जयनारायण दास, रामकृष्ण यादव, अमर शिवाकाेटी, गहेन्द्र विक्रम साह, गाेविन्द घिमिरे, देव ताजपुरिया, राेशन यादवलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : २७ बजे