१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एकान्त टोलका २२ बर्से युवक अभिषेक चौधरीको हत्यारा सार्वजनिक


२९ आश्विन २०७७, बिहिबार  

0
Shares

गाैरीगंज २९, असाेज /  झापाको कनकाई नगरपालिका-३ एकान्त टोलका २२ बर्से युवक अभिषेक चौधरीको हत्यारालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले आज बिहान पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका सोही नगरपालिका ७ का २२ वर्षीय टल्के भनिने रविन राजवंशीलाई सार्वजनिक गरेको हो ।


चौधरीको शव बुधवार बिहान ६ बजे कनकाई नगरपालिका-३ एकान्त टोल नजिकै सुरुङ्गा खाेलाकाे बाँसघारीमा फेला परेकाे थियाे ।

चौधरीलाई टल्केले बन्चरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ८ : १७ बजे