१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मृतक परिवारलाई गाउँपालिकाद्वारा समवेदनापत्रसहित नगद १० हजार प्रदान


२२ आश्विन २०७७, बिहिबार  

0
Shares

गौरीगंज २२,असाेज / गौरीगंज गाउँपालिकाले मृत्युको शोकमा परेकाे एक परिवारलाई बुधबार समवेदना पत्र सहित नगद राहत प्रदान गरेको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा स्थायी बसाेवास गर्दै आएका स्व. रत्नमाया काेईरालाका परिवारलाई समवेदना पत्रसहित १० हजारकाे नगद हस्तान्तरण गरेकाे हाे । स्व. रत्नमायाकि एक छाेरा माेहन काेईराला र बुहारी डम्बर कुमारी काेईराला छन् ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ९६ बर्षिया स्व. रत्नामाया काेईरालाका नाति राजन काेईरालालाई गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वडा सदस्यहरू राधा अधिकारी, उदिम कुमार राई, मुकेश कुमार साह, रमकुमारी विक, वडा सचिव सुमन रेग्मी ले घरमै पुगेर संयुक्तरूपमा राहतस्वरूप नगद प्रदान गरेका थिए ।


‘दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथि’ भन्ने नाराका साथ गाउँपालिका भरी कुनै परिवारमा मृत्यु सोक परेमा गाउँपालिकाको उपस्थिति रहने र राहत स्वरुप काजक्रिया खर्च वापत प्रति परिवारलाई १० हजार रुपैया“ उपलब्ध गराउने नीति अनुरुप रकम उपलब्ध गराएको वडा अध्यक्ष यादवले बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १२ : २६ बजे