१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ईलाका प्रशासन कार्यालय गाैरीगंजद्वारा बजार अनुगमन, ३ वटा पसलेलाई पत्रसहित चेतावनी


२१ आश्विन २०७७, बुधबार  

0
Shares

 

गाैरीगंज बजार अनुगमन गर्दै  अनुगमन टाेली

 

गाैरीगंज २१ , असाेज / चाडपर्व नजिकिएसंगै ईलाका प्रशासन कार्यालय गाैरीगंजले बुधबार बजार अनुगमन गरेको छ ।
कार्यालयका प्रमुख धनन्ञ्य कुमार साहकाे नेतृत्वमा गएकाे टाेलीले उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको दैनिक उपभोग्य वस्तुहरूकाे विक्री वितरण गर्ने किराना पसल, हाेटल, फलफुल पसललगायत ४४ वटा पसलहरूकाे बजार अनुगमन गरेको हो ।
बजार अनुगमन गर्ने क्रममा अखाद्य वस्तु बिक्रि वितरण गर्ने, व्यवसाय दर्ता तथा नवीकरण नगर्ने, मुल्यसूची नराख्ने, प्रतिबन्धित वस्तु विक्री गर्ने पसलका ३ जना व्यापारीहरुलाई पहिलाे पटक सुझावसहित चेतावनी पत्र दिएकाे थियाे भने फलफुल पसलमा भेटिएका म्याद गुज्रिएका मिठाई र फलफुलहरू नष्ट गरिएकाे थियाे ।

१५ दिन भित्र नसच्चिए बजार अनुगमन निर्देशिका २०७४ बमोजिम दण्ड र कानुन बमोजिम  जरिवाना गर्ने चेतावनी दिएको थियो ।
उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिदै उनीहरु नठगिउन भन्ने उद्येश्यले बजार अनुगमन गरेको ईलाका प्रशासन कार्यालयका प्रमुख साहले बताए ।

व्यवसायिक प्रमाण पत्र नलिएका, नवीकरण नगरेका, मुल्यसूची नराखेकालाई पहिलो पटक सम्झाई बुझाई सच्चिन आग्रह गरिएको प्रमुख साहले बताए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष तथा उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेले बजार अनुगमन गर्ने क्रममा अखाद्य वस्तु विक्री वितरण गर्ने, ‘डेट एक्सपाएर’ भएका चिज वस्तु वेचविखन गर्ने गरेको र व्यवसायिक प्रमाण पत्र नलिएको पाएमा दोस्रो पटकको अनुगमनमा सोझै कार्वाही गर्ने बताए ।
जनचेतना फैलाउने उद्येश्यले पहिलो पटक अनुगमन गरेको बताउदै अध्यक्ष महताेले सबै व्यापारीहरुलाई सचेत रहन आग्रह गरेका थिए ।
उपभोक्तको स्वास्थ्यसंग प्रत्यक्षरुपमा जोडिएको दैनिक उपभोग्य वस्तुको वेचविखन कार्यमा लावारवाही गर्ने जो सुकै व्यापारीलाई २०७४ को बजार अनुगमन निर्देशिका बमोजिम दण्ड र सजाय हुने उनले बताए ।
झापा उद्योग वाणिज्यसंघका गौरीगंजका अध्यक्ष मखना महतोले सबै व्यापारीलाई मुल्य सूची राख्न, अखाद्य वस्तु नबेच्न र सही नापतौल गरी उभोक्तालाई मालसमान दिन आग्रह गरिएकाे उनले बताए ।
बाणिज्य संघ गौरीगंजले उपभोक्ताको स्वास्थ्यसंग जहिल्यै सचेत रहेको बताउदै अध्यक्ष महतोले व्यवसायिक प्रमाण पत्र लिन सबै व्यापारीलाई आग्रह गरेका थिए ।

गौरीगंज गाउँपालिकाले बजार अनुगमन गर्ने आफ्नो वार्षिक नीति तथा कार्यक्रममा राखे पनि पालिकाले करिब १ वर्ष अघि बजार अनुगमन गरेको थियाे । अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनन्ञ्य साह, गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष तथा उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताे, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मी, ईलाका प्रशासन कार्यालयका कर्मचारी सरिता माझीलगायत पत्रकारहरूकाे सहभागिता थियाे ।

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  २ : ३० बजे