१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण


२१ आश्विन २०७७, बुधबार  

0
Shares

 

बिर्तामोड २१, असोज / जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पतालका अध्यक्ष समेत रहेका पोर्तेलले सोही अस्पतालमा हिजो स्वाव परीक्षण गर्न लगाएका थिए । त्यसको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

आफूले भेटेका धेरै साथीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूले शंका लागेर परीक्षण गर्न लगाएको उनले बताए । संक्रमणपछि आफू होम आइसोलेसनमा बसेको उनले जनाए ।आफूलाई कुनै लक्षण भने नदेखिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : ५९ बजे