१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकमा काेराेनाले एक महिलाकाे मृत्यु


१७ आश्विन २०७७, शनिबार  

0
Shares

दमक १७, असाेज / कोरोना भाइरसको संक्रमणबाट दमक – ७ की एक बृद्धा महिलाको मृत्युभएको छ । यो संगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौं पुगेको छ ।


 विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया ती महिलाको आज विहान मृत्युु भएको हो । केहिदिन देखि ज्वरोसंगै श्वासप्रश्वासमा समस्या भएपछि उनी पाँचदिनदेखि कोभिड उपचार केन्द्रमा उपचारत थिइन् ।
यसअघि दमक १ का एक ५८ बर्षिय संक्रमित पुरुषको पनि काठमाडौंमा उपचारका क्रममा मृत्युभएको थियो ।

 

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १ : ०७ बजे