१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रोटरी क्लब अफ मेचीनगरको चार्टर प्रेसिडेन्टमा कपिल क्षेत्री चयन


१७ आश्विन २०७७, शनिबार  

0
Shares

 

रोटरी क्लब अफ मेचीनगरका चार्टर प्रेसिडेन्ट कपिल क्षेत्री

बिर्तामोड१७,असोज /  रोटरी क्लब अफ मेचीनगरको चार्टर प्रेसिडेन्टमा कपिल क्षेत्री चयन भएका छन् ।
  झापाको धुलाबारीमा आयोजित कार्यक्रमका बीच  रोटरी क्लब अफ मेचीनगर गठन गरिएको हो ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा स्पोन्सर गरिएको रोटरी क्लब अफ मेचीनगरको प्रेसिडेन्ट इलेक्टमा अनन्त अवस्थी, प्रेसिडेन्ट नोमिनीमा सबिता भण्डारी, भाइस प्रेसिडेन्टमा कमल कोइराला, पब्लिक इमेज चेयरमा शर्मिला पाठक कट्टेल चयन भएका छन् ।
 कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी ,  डिस्ट्रीक्ट ३२९२ द्वारा रोटरी क्लब अफ मेचीनगरका लागि  नियुक्त एडभाइजर तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पास्ट प्रेसिडेन्ट शुभ कुमाइ पाठक ,  रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका आइपीपी शिवकुमार अग्रवाल , प्रेसिडेन्ट इलेक्ट दिपेन्द्र पोखरेल लगायतले शुभकामना दिएका थिए ।
  कार्यक्रममा सहभागीहरु बीच रोटरीका बारेमा अन्तक्रिया समेत गरिएको थियो । अन्तक्रियामा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले सहभागीहरुलाई  रोटरी र रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले गर्दै आएको कार्यहरुको वारेमा जानकारी गराएको रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका मिडिया पर्सन तुलसीप्रसाद निरौलाले जानकारी दिए ।  

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ३२ बजे