१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृषि शाखा गाैरीगंजका एक कर्मचारीमा काेराेना संक्रमण


१७ आश्विन २०७७, शनिबार  

0
Shares

 

गाैरीगंज १७, असाेज / गाैरीगंज गाउँपालिकाकाे कृषि शाखाका एक कर्मचारीलाई काेराेना संक्रमण भेटिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी घर भएका अन्दाजी ३५ बर्षिय कृषि शाखाका कर्मचारीमा काेराेना संक्रमण भेटिएकाे हाे ।
उनलाई १५ दिन अघि सामान्य ज्वाराे आएसंगै झाडापाखाला लागेपछि उनले दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार गरेका थिए । त्यहाँकाे औषधिले निकाे नभएपछि दमकस्थित आम्दा अस्पतालमा टाईफाईड भएकाे भन्दै औषधि उपचार गराएका थिए ।  

 आफुलाई  असजिलाे भएकाे अनुभव भएपछि  आफै उनी   पीसीआर परिक्षणका लागि  धरान स्थित  वीपी  स्वास्थ्य विज्ञान प्रतिष्ठान काेभिड अस्पताल गएका थिए ।  उपचारकै क्रममा उनकाे पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेपछि आज उनकाे पिसीआर रिपोर्ट पाेजिटिभ देखिएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

उनलाई अहिले हाेम आईसाेलेसनमा राखिएकाे छ भने उनकाे परिवारकाे अन्य सदस्यहरूकाे अवस्था सामान्य रहेकाे जनाईएकाे छ । केही दिन पछि कन्ट्रयाक ट्रेसिङ्गकाे कार्य गरिने स्वास्थ प्रमुख मिश्रले बताए ।

 

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ३२ बजे