१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह हत्याकाण्डमा मृतक महिलाकी श्रीमान् भण्डारी थप ७ दिन प्रहरीकाे अनुसन्धानमा


१६ आश्विन २०७७, शुक्रबार  

0
Shares

गाैरादह १६ , असाेज / झापाको गौरादहमा भएको एक वृद्वाकाे हत्याकाण्डमा संलग्न भएको अभियोगमा प्रहरीले भीमबहादुर भण्डारीलाई ७ दिन थप म्याद गरि प्रहरीले अनुसन्धानमा राखेको छ ।

विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पोष्ट र्माटम रिर्पोट र अभियुक्तको बयानका आधारमा जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरिएकाे
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाद्वारा जारी प्रेस नाेटमा उल्लेख गरिएकाे छ ।

गौरादह – १ की मनमाया भण्डारीको हत्यामा सलग्न भएको आरोपमा प्रहरीले मृतककी श्रीमान् भीम बहादुर भण्डारीलाई हिजो बिहिवार उनलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता डिएसपी थापाले अनुसन्धान जारी रहेको उल्लेख गर्दै अहिलेसम्मको अनुसन्धानमा घटनास्थलमा भण्डारी रहेकोे अनुसन्धानको प्रकृया पुरा नभएकाेले हामीले ७ दिनको म्याद थप गरेकाे बताए ।

कमल १ घर भएकी भण्डारीको असोज १३ गते बेलुका ४. ३० मा हत्या भएको थियो । अभियोग लागेका भण्डारी भने गौरीगञ्ज गएको दाबी गर्दै आएका थिए । प्रहरीका अनुसार भण्डारी दम्पती नाती नातिना पढाउनका लागि ५ बर्ष यता गाैरादहमा बस्दै आएका थिए । प्रहरीकाे प्रारम्भीक अनुसन्धान अनुसार हथाैडाले हानेर हत्या गरिएकाे छ। मृतक भण्डारीका २ छोरा छन् । प्रहरीले हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १ : ०९ बजे