१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ब्राउनसुगरसहित गाैरीगंजबाट २ जना भारतीय पक्राउ


१६ आश्विन २०७७, शुक्रबार  

0
Shares

 

गाैरीगंज १६, असाेज / गाैरीगंज गाउँपालिकाबाट ब्राउनसुगरसहित २ जना भारतीय पक्राउ परेका छन् ।

भारत किसनगंज सिंगीमारी ग्रामपञ्चायतका २० बर्षीय मुजफर अलि र २५ बर्षीय जहागिर आलम गाैरीगंज २ दासचाैरीबाट हिजाे पक्राउ परेका हुन् ।

त्यसैगरी कचनकवल १ बगान एरियामा भारत विहार किशनगंज सुखानाढिकी पदमपुरका ३२ बर्षिय फरबेद आलम पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंगीमारी ग्रामपंचायतका उनीहरुलाइ दासचौरीमा खटिएको प्रहरी टोलीले राती सवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी आलमलाई प्लाष्टिकमा लुकाइ राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको थियाे ।
पक्राउ परेका तिनै जना भारतिय नागरिकमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ०३ बजे