१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विर्तामोडमा मरेका माछा बिक्री बितरणमा रोक


१५ आश्विन २०७७, बिहिबार  

0
Shares

 

बिर्तामोड  १५, असोज / बिर्तामोड नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछाबिक्री बितरणमा रोक लगाएको छ ।

बिषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री बितरणमा रोक लगाएको हो । नगरपालिकाको आज बसेको बैठकले नगरमा त्यस्ता सडेगलेका माछाको बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताए । उनले एक सूचना जारी गरी रसायन प्रयोग गरिएका, सडेगलेका माछा बजारमा निर्बाध रुपमा बिक्री भैरहेकाले त्यस्ता माछाको उपभोगले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सबैलाई सचेत बन्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १२ : ४४ बजे