१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहका १ जना युवकसहित झापामा १० जना संक्रमित थपिए


१४ आश्विन २०७७, बुधबार  

0
Shares

गाैरीगंज १४, असाेज / आज बुधबार झापाका ६ स्थानीय तहमा कोरोना भाइरसका १० जना नयाँ संक्रमित थपिएका छन ।  यससंगै जिल्लामा संक्रमितको संख्या ८७० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज थपिएकामा गौरादह ७ का २२ बर्षिय एक पुरुष, कचनकवल ७ का एक पुरुष, झापा गाउँपालिका २ का एक पुरुष, विर्तामोड ४ र ५ का दुई महिलासहित तीन जना, भद्रपुर ५ का एक पुरुष र एक महिला र मेचीनगरका एक महिला र एक पुरुष रहेका छन । गौरादहका संक्रमित ति युवकको काठमाडौंस्थित टेकु अस्पतालमा स्वाव संकलन भएको थियो । मेचीनगरका दुवै जना भारतबाट फर्किएका हुन ।
यससंगै झापामा संक्रमितको संख्या ८७० पुगेको छ भने ७८४ जना उपचारपछि डिस्चार्ज गरिएका छन । जिल्लामा आज सम्म आइसोलेसनमा रहेका संक्रमितको संख्या ७८ छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या झापामा ८ पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ११ : ४२ बजे