१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे दन्तकाली मन्दिरकाे तेस्राे साधारणसभा सम्पन्न, ४ जना सम्मानित


१३ आश्विन २०७७, मंगलबार  

0
Shares

गाैरीगंज १३, असाेज / गाैरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरकाे तेस्राे वार्षिक साधारण सभा आज सम्पन्न गरेकाे छ ।
मन्दिर परिसरमा सञ्चालन गरिएकाे साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा ५ लाख २२ हजार ३ सय रूपैयाँ आम्दानी खर्च रहेकाे सार्वजनिक गरेपनि ३ हजार रूपैयाँ बैंक माैज्दात रहेकाे जानकारी गराएका थिए ।

 

वार्ड नं. ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मखना महताेले साधारणसभाकाेे उद्घाटन गर्दै मन्दिर व्यवस्थापन तथा निर्माणका लागि चाहिने आवश्यक सहयाेग सदैव गर्ने बताए ।  कार्यकालकाे पहिलाे वर्षमा १ लाख, दाेस्राे वर्ष २ लाख, तेस्रो वर्ष ३ लाख ५० र चालू अार्थिक वर्षमा ३ लाख ५० गरि जम्मा १० लाख रूपैयाँ मन्दिर निर्माणमा वार्ड कार्यालयले बजेट विनियोजन गरेकाे वडा अध्यक्ष महताेले बताए । मन्दिरका लागि भजन किर्तन हल, हवन गृह निर्माण, वाद वादन सामग्री खरिदमा पनि आवश्यक सहयाेग गर्ने प्रतिवद्वता जाहेर गरेका थिए । त्यस अवसरमा मन्दिरकाे टायल ओछ्याउने कार्य कुशलता पुर्वक सम्पन्न गरेकाेमा प्राेत्साहन स्वरूप ४ जना लाई प्रमाणपत्रसहित सम्मान गरेकाे थियाे । सम्मानित हुनेहरूमा रिंकु गिरी, फुलचन गिरी, विनाेद यादव र  सुनिल गिरी रहेका छन् ।

 

कार्यक्रममा समाजसेवी ज्ञान बहादुर कार्की , वार्ड सदस्य भवेश दासलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वार्ड नं. ३ का वडा सचिव अजय साह, तिलक राजवंशी, प्रमाेद राजवंशी, गीता नायकलगायतकाे उपस्थिति थियाे भने कार्यक्रम सचिव रामनारायण दासले सञ्चालन गरेका थिए ।

 

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १२ : १५ बजे