४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मेची नगरमा १५ सय भन्दा बढीले गर्भवती सेवा लिए


१३ आश्विन २०७७, मंगलबार  

0
Shares

काँकरभिट्टा १३ ,असोज / मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट वितेको आर्थिक वर्ष २०७६ / २०७७ मा १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिएका छन् ।
शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये २ सय ७२ जनाले प्रसुत सेवा लिएका हुन् । उहाँका अनुसार प्रोत्साहन स्वरुप चौथो गर्भजाँच वापत १ सय २० जनालाई ९६ हजार, यातायत खर्च वापत २ लाख ७२ हजार र शोधभर्ना रकम वापत संस्थालाई २ लाख ७२ हजार गरी कुल रकम ६ लाख ४० हजार रुपैयाँ रहेको थियो । नगरभित्रका विभिन्न स्वास्थ्य केन्द्रबाट नियमित सेवा सञ्चालन भइरहेको राईको भनाई छ ।

नगरभित्रका बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, दुहागढी र धाइजन गरी ५ वटा स्वास्थ्य चौकी , मेचीनगर – १० धुलावारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारी एउटा, मेचीनगरको ९ नम्बर वडामा रहेको मागुरमाडी र मेचीनगर— ५ मा दुईवटा शहरी स्वास्थ्य केन्द्र तथा मेचीनगर -१ मा सामुदायिक स्वास्थ्य केन्द्रबाट अत्यावश्यक आधारभूत स्वास्थ्य सेवाहरु प्रदान गरीएको संयोजक राइृको भनाई छ । मेचीनगर -१० धुलावारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा डक्टरको दरवन्दी रहेको उहाँले बताउनुभयो ।

 

नगरभित्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र नगरका १५ वटा वडाको एउटै मात्र निःशुल्क प्रसुती सेवा दिने स्वास्थ्य केन्द्र हो । जहाँ प्रसुती गराइन्छ । आमा र नवजात शिशुको मृत्यु दर कम गर्नु यसको मुख्यः उद्घेश्य रहेको उहाँको भनाई छ । यसैगरी, काँकरभिट्टा स्वास्थ्य चौकीमा दैनिक १० देखि १५ जना गर्भवती सेवा लिन आउनु गरेको केन्द्रका सिनियर अनमि भद्रिका विसुंखेले जानकारी दिनुभयो ।

 

नगरका सरकारी स्वास्थ्य केन्द्रले एकवर्षको अवधिमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत २०७६ कात्कि २ र ३ तथा २०७७ असार २२ र २३ गते महिला स्वास्थ्य स्वयम्सेविकाहरुद्वारा नगरभरिका ६ महिनादेखि ५ वर्ष मुनिका १० हजार २ सय ५२ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गरिएको थियो । यो कार्यक्रमका लागि १ लाख ८१ हजार १ सय रुपैयाँ खर्च भएको थियो ।

 

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ८ : ३७ बजे