१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह -९ काे वडा कार्यालय भवन बन्ने


१२ आश्विन २०७७, सोमबार  

0
Shares

गौरादह -९ काे वडा कार्यालयकाे निर्माणाधिन भवन

गौरादह १२, असाेज / गौरादह नगरपालिका वडा नं -९ काे निर्माणाधीन वडा कार्यालय भवनले पुर्णता पाउने भएकाे छ।
निर्माणाधीन अवस्थामा रहेकाे वडा कार्यालय भवन निर्माणका लागि यस आर्थिक बर्षमा नगरपालिकाबाट ३० लाख रुपैयाँ बजेट बिनियाेजन भएपछि भवन निर्माण कार्यले पुर्णता पाउने भएकाे हाे।
गौरादह नगरपालिकाबाट वडा कार्यालय भवन निर्माणका लागि थप रकम बिनियाेजित भएपछि भवन निर्माण कार्य सम्पन्न गर्न उपभाेक्ता समिति गठन गरिएकाे छ। वडा नं -९ काे बैगुन्धुरामा उपभोक्ता समिति गठन गर्न जम्मा भएकाे आम भेलाले स्थानीय कुबेर पति पाेखरेलकाे अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरेकाे छ।

साेही भेलाले बंसी सुबेदीकाे संयाेजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरेकाे छ। गत आर्थिक बर्षमा नगरपालिकाबाट बिनियाेजित ५० लाखबाट नयाँ भवनकाे दिवाल सम्म उठाउने कार्य सम्पन्न भएकाे छ । यस आर्थिक बर्षमा थप भएकाे ३० लाखबाट भवनकाे छत ढलान,दिवाल पलास्टर,रङराेगन,झ्याल र ढाेका सम्मकाे कार्य सम्पन्न गरिने लक्ष्य रहेकाे वडा कार्यालयका कर्मचारी केदार बाबू गिरीले जानकारी गराए। साबिककाे बैगुन्धुरा गाबिस गौरादह नगरपालिकामा समायाेजन हुदा बैगुन्धुरा गाबिस एउटा वडा बनेपछि गाबिस रहेकाे भवनमा वडा कार्यलय रहेकाे थियाे। हाल वडा कार्यालय संचालन रहेकाे भवन पुरानाे भई जिर्ण अवस्थामा रहेकाले नयाँ भवन निर्माण कार्य सुरु गरिएकाे हाे। वडा नं -९ का वडाध्यक्ष सीताराम भट्टराईकाे सभापतित्वमा आम भेला गराई भवन निर्माण उपभोक्ता समिति गठन गरिएकाे थियाे। वडा सचिव राम प्रसाद दहालले आम भेलाकाे कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : १२ बजे