४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजकाे साताै विशेष गाउँसभा, ५० लाख सम्मकाे याेजना उपभाेेत्ता समितिबाट गर्न सकिने निर्णय गाउँसभाबाट पारित हुने


९ आश्विन २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज ९, असाेज / गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विगतका कमीकमजाेरीलाई सुधार गरेर झापाका १५ वटै स्थानियतह मध्ये गाैरीगंजलाई उत्कृष्ट गाउँपालिका बनाउनु पर्नेमा जाेड दिएका छन् ।

गाैरीगंज गाउँपालिकाकाे साताै विशेष गाउँसभामा अाज अध्यक्ष श्रेष्ठले धेरै कमीकमजाेरी सुधार गरेर गाैरीगंज गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाकाे रूपमा स्थापित गर्नु पर्नेमा जाेड दिएका हुन् ।
गाउँपालिकाकाे साताै गाउँ सभाका अध्यक्षता समेत गरेका अध्यक्ष श्रेष्ठले ३ वर्ष अघिका याेजनाहरूकाे बजेट दायित्व सार्दै अाएकाेमा आफुलाई दुःख लागेकाे बताएका थिए ।

उपभोक्त समिति गठन गरे पनि काम गर्न नसकेकाे यथार्त सबैका नछुपेकाे बताउदै अध्यक्ष श्रेष्ठले शाखा कार्यालयबाट पनि समयमा याेजनाहरूकाे काम नसकेकाेमा आपति जनाएका थिए ।
अरूलाई मात्र दाेष दिएर आफू पन्छिन मिल्दैन उनले भने -” सबैले अा आफ्नाे जिम्मेवारी लिन सक्नु पर्छ ।

प्रशासकिय अधिकृत राजु दाहालले १५ वटै स्थानिय तहहरूमध्ये उत्कृष्ट गाउँपालिकाकाे रूपमा विकास गर्न सबै जनप्रतिनिधिहरूकाे प्रतिवद्वता आएकाेमा आफ्नाे पनि पुर्णरूपमा साथ सहयाेग रहने बताएका थिए ।

उपभोक्ता समितिकाे वेरूजु र याेजना पुर्ण रूपमा कार्यान्वयन गर्नलगायत गाउँपालिकाकाे हरेक कार्यमा कर्मचारी र जनप्रतिनिधिबीच समन्वयतात्मक सम्वधन हुनु पर्नेमा प्रमुख प्रशासकिय अधिकृत दाहालकाे जाेड थियाे ।

वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशी छैठाैं गाउँसभामा निर्णय भएका याेजना र कार्यक्रमहरू निर्णय पुस्तिकामा नअाएकाे र सम्बाेधन नभएकाेमा आपति जनाएका थिए । गाैरीगंज गाउँपालिकाकाे उन्नति र प्रगतिप्रति सबै लाग्नु पर्ने बताउँदै वडा अध्यक्ष राजवंशीले गाैरीगंज गाउँपालिकालाई उत्कृष्ट गाउँपालिका बनाउन सबै लाग्नु पर्ने बताएका थिए ।

वार्ड नं. ३ का अध्यक्ष मखना महताेले छैठाे गाउँसभाबाट पारित नीति तथा कार्यक्रमहरू लागू नगरेकाेप्रति आपति जनाउदै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले अन्य जनप्रतिनिधिहरूलाई गुम्राहमा राखेकाे अराेप लगाए ।

वडा सदस्य उदिमकुमार राईले ७ दिनअघि कार्यसुचीसहितकाे गाउँसभाकाे जानकारी दिनुपर्ने बताउदै त्यस्ताे नगरेकाेमा हतारहतारमा गाउँसभा बाेलाईनु नियमसंगत नरहेकाे बताएका थिए ।

गाउँपालिकाकाे साताै विशेष गाउँसभामा सहभागी सबै जनप्रतिनिधि तथा कर्मचारीहरूलाई विशेष स्वागत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले गाउँसभामा सहभागी सबैले गाउँसभामा ध्यान पुर्वक उठेका सवाल र विषय सुन्नु पर्ने बताएका थिए । गाउँसभा सकुनञ्जेल गाउँसभा छाेडेर गए ठुला दुर्घटना निम्तिन सक्ने बताउदै उपाध्यक्ष थापाले अमेरिकमा जहाजका यात्रुहरूले पाईलटकाे सुचना ध्यान पुर्वक नसुन्दा विमान दुर्घटना भएकाे उदाहरण प्रस्तुत गर्दै त्यस्तै दुर्घटना गाउँसभामा हुन सक्ने संकेत गरेबा थिए । कार्यवालिका सदस्य रिता तामाङ्ले अघिल्ला वर्षकाे याेजनाहरू हाल सम्म पनि नसकिएकाे बताएका थिए । याेजनाहरू समयमै नसकिएकाेले दायित्व सारेर मात्र समस्याकाे समाधान नहुने उनले बताए ।
गाउँपालिकाका अधिकृत विरेन्द्र खड्काले सरकारले गरेकाे कर्मचारीहरूकाे कार्यविभाजन अनुरूप गाउँपालिकाले नगरेकाेमा गुनासाे पाेखेका थिए ।


विशेष साताै गाउँसभा किन ?

गाैरीगंज गाउँपालिकाकाे आज भईरहेकाे साताै गाउँसभामा उपभाेत्ता समितिबाट ५० लाख रूपैयाँसम्मका याेजनाहरू सम्पन्न गर्न सकिने निर्णय हुने बुझिएकाे छ ।

गत भदाै २१ गते बसेकाे कार्यपालिकाकाे बैठकमा उपभोक्ता समितिबाट १ कराेडसम्मकाे याेजना सम्पन्न गर्न पाउने वडा अध्यक्षहरूकाे अडानप्रति प्रशासकिय अधिकृत प्रविन दाहालले असहमति जाएपछि उनीहरू बीच घम्साघम्सी नै भएकाे थियाे ।
साेही विषयलाई लिएर असाेज २ गते बसेकाे कार्यपालिकाकाे वैठकले उत्त निर्णय कार्यपालिका वैठकबाट मात्र गर्न नसकिने बुझेपछि विशेष गाउँसभा बाेलाईएकाे हाे ।
असाेज २ गते पछि पटक पटक गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापालगायत वडाअध्यक्षहरूसहितकाे अनाैपचारिक छलफल पछि उपभोक्ता समितिबाट ४९ लाख ९९ सय हजार ९ सय  ९९  सय रूपैयाँ सम्मका याेजना तथा कार्यक्रम गर्न सकिने सहमति भएकाे बुझिएकाे छ । साेही विषयकाे कानुनगाँठाे फुकाउन गाउँसभाबाट पारित गरी कार्यान्वयन गर्ने याेजना उनीहरूकाे रहेकाे छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ११ : ०५ बजे