११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गरिबका घरमा धारा


७ आश्विन २०७७, बुधबार  

0
Shares

गौरादह ७, असाेज / गौरादह नगरपालिका भित्रका गरिब तथा बिपन्न परिवारले शुद्ध पिउने पानी उपभाेग गर्न पाएका छन्।
खानेपानी तथा उपभोक्ता समिति गौरादहले गरिब तथा बिपन्न परिवारलाई नि:शुल्क धारा जडान गरिदिएपछि शुद्ध पिउने पानी उपभाेग गर्न पाएका हुन्।
खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले वडा कार्यालयहरुसंग समन्वय गरी सुकुम्बासी परिवारलाई पानी पिउने व्यवस्था मिलाएकाे हाे।उपभोक्ता समितिले पहिलाे चरणमा नगरपालिका भित्रका वडा नं – १,२ र ३ भित्र बसाेबास गरेका सुकुम्बासी परिवारलाई धारा बितरण गरेकाे छ। धारा जडानका लागि मिटर खरिद गर्न वडा कार्यालयले प्रति घरपरिवार २ हजार ५ सय उपलब्ध गराएपछि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धारा जडान गरेकाे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीले जानकारी गराए।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडा नं -१,२ र ३ भित्र ५ सय १७ गरिब तथा बिपन्न घरपरिवारलाई खानेपानी उपलब्ध गराएकाे छ।उपभोक्ता समितिले खानेपानीकाे धारा जडान गरेपछि वडा नं -१ मा १ सय ९४ , वडा नं -२ मा १ सय २३ र वडा नं -३ मा २ सय गरिब तथा बिपन्न घरपरिवार लाभान्वित भएकाे खानेपानी उपभोक्ता समितिका सचिब डण्डीराज घिमिरेले बताए।
गरिब तथा बिपन्न परिवारले आर्थिक अभावका कारण शुद्ध पिउने पानी पिउन पाएका थिएनन्।शुद्ध पिउने पानीको अभावमा कलकाे आर्सनिक युक्त आइरन भएकाे पानी पिउन बाध्य थिए।
जनमजदुर गरेर जिबिकाे पार्जन गर्दै आएका बिपन्न परिवारलाई दुई छाक टार्न समस्या भएकाले शुद्ध पिउने पानीको अभाबमा कलकाे पानी पिउदै आएका थिए।जनमजदुर गरेर दुई छाक टार्ने बिपन्न परिवार नि:शुल्कमा खानेपानीकाे मिटर पाएर धारा जडान गरि पानी पिउन पाउदा हर्षित भएका छन्।
गौरादह नगरपालिका वडा नं -२ कि लट्टुमई मुर्मुले सहुलियतमा आफ्नै आँगनमा धारा जडान गरेर पानी पिउन पाउँदा खुसी ब्यक्त गरिन। जनमन गरेर कमाएको पैसाले घर खर्च चलाउन धौ धौ परेकाले खानेपानीको धारा जडान गरेर पानी उपभाेग गर्न पाइएला भन्ने नसाेचेकाे मूर्मूले बताइन्। खानेपानीको धारा जडान गरेर पानी प्रयाेग गर्न थालेपछि शुद्ध पानी पिउन पाउनुका साथै कपडा पहेँलो हुने समस्याकाे अन्त्य भएकाे बताइन्।
कलकाे पानीमा सेताे कपडा भिजाएर लुगा धुदा लुगा सुकेपछि पहेलाे हुन्थियाे। धारा जडान गरेपछि लुगा धुदा कपडामा रङ परिवर्तन नभएकाे बताइन। गौरादह नगरपालिका वडा नं -२ का सानू मुन्सी हास्दाले खानेपानीको मिटर पाएपनि धारा जडान गर्न नसकेकाे बताए। जनमन गरेर कमाएकाे पैसाले घर खर्च चलाउन समेत नपुगेकाले धारा जडान गर्न असमर्थ भएकाे बताए। खानेपानी संस्थाले मिटर उपलब्ध गराएपनि धारा जडानका लागि आवश्यक पर्ने पाइप तथा अन्य सामग्री खरिद गर्ने पैसा नहुँदा धारा जडान गर्न नसकेकाे बताए।
खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले सेवा क्षेत्र भित्र खानेपानी बिस्तार गर्ने कार्यलाई निरन्तरता दिएकाे छ।समितिले यस बर्ष सेवा क्षेत्र भित्र ३ हजार २८ घरपरिवारलाई खानेपानीको धारा जडान गरेकाे छ। शुद्ध खानेपानीबाट बन्चित भएका नगरबासिहरुलाई समितिले क्रमस पाइप बिस्तार गरि धारा जडान कार्यलाई निरन्तरता दिदै सबै नागरिकलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने लक्ष्य रहेकाे खानेपानीका सचिब घिमिरेले बताए।

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  २ : ५१ बजे