८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

हिजाेदेखि हराईरहेकाे गाैरादह भुडिसिमलका वृद्वा खाेलामा भेटियाे


२ आश्विन २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज २, असाेज / हिजो साँझदेखि हराईरहेका गौरादह ८ भुँडेसिमलका ७१ बर्षिय भक्तबहादुर राईको शव आज खोलामा भेटिएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराईका अनुसार ती बृद्धको शव लाल गाैरीया खोला किनारमा रहेको रुखको ठुटामा अडकिएको अवस्थामा स्थानीय इटाभट्टामा काम गर्ने मजदुरले देखेपछि प्रहरीमा जानकारी आएको हो ।

ति बृद्ध खोला वारपार गर्ने क्रममा डुबेको र पानीले बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपी राइको शव पोष्टमार्टम गरि आवश्यक थप अनुसन्धान जारी राखिने भट्टराईले बताए ।

रतुवा, मावा, गौरीया, किस्नी लगायतका अन्य खोला नदीहरुमा पनि पानीको सतह बढेको छ । कतिपय ठाउँको आवतजावतमा बाधा पुगेको छ ।

पछिल्ला दिनहरुमा भइरहेको बर्षासंगै झापा , मोरङ भएर बग्ने खोला नदीहरुमा बाढी आएको छ भने झरीका कारण तरकारी खेतीमा क्षति पुगेको छ ।
कन्काई, सतासी लगायतका खोलाले झापाको शिवसताक्षी ६ का विभिन्न ठाउँमा कटान गर्दा धान खेतीमा क्षति भइरहेको छ । लगातारको बर्षाले सो क्षेत्रको जनजिवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ०८ बजे