१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024


२९ भाद्र २०७७, सोमबार  

0
Shares

गौरादह २९, भदाै /गौरादह नगरपालिका वडा नं -२ मा बधशाला भवन निर्माणका लागि प्रक्रिया पूरा नगरी उपभोक्ता समिति गठन गरिएकोमा वडाबासीहरुले आपत्ति प्रकट गरेका छन्।

नगरपालिका भित्रका विकाश निर्माणका काम गर्न आम उपभोक्ताहरुलाई भेला गरि उपभोक्ता समिति गठन गर्नु पर्नेमा वडाबासीहरुलाई थाहानदिई आफुखुसी र मनाेमानी ढङ्गले समिति गठन गरिएकाेमा वडाबासीहरुले आपत्ति प्रकट गर्दै नगरपालिकामा लिखित निबेदन पेश गरेका छन्।वडाबासीहरुले नगरकार्यपालिकाकाे निबेदन मार्फत ध्यानाकर्षण गराउदै मनाेमानी ढंगले गठन गरिएकाे उपभोक्ता समिति खारेज गरी आम उपभोक्ताहरुकाे सहभागीतामा समिति गठन गरिनु पर्ने माग गरेका छन।गौरादह नगरपालिकाकाे छैठौ नगरसभाले नगरस्तीय याेजना अन्तर्गत वडा नं -२ मा कृषि थाेक बजार व्यवस्थापन तथा बधशाला भवन निर्माण गर्न २५ लाख रुपैयाँ बिनियाेजन गरेकाे छ।

गौरादह नगरपालिकाकाे आर्थिक बर्ष २०७७/०७८ नगरस्तरीय याेजना अन्तर्गतको बजेटबाट निर्माण गरिने बधशाला भवनका लागि सट्यकसुटुक समिति गठन गरि भवन निर्माण गर्दा अनियमितता हुनसक्ने र गुणस्तरीय बन्नेमा वडाबासीहरुले आशंका ब्यक्त गरेका छन। वडा नं -२ काे वडा कार्यालयले उपभोक्ता समिति गठन गर्न वडा कार्यसमितिलाई समेत जानकारी नगराई आफू निकटका ब्याक्तिहरुलाई टीका लगाएर पद बाँडफाँड गर्नु वडाबासीहरुलाई अवहेलना गरेकाे उनीहरुले गुनासाे गरेका छन्।

 

 

 

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : ०८ बजे